Close Menu
    What's Hot

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार

    हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्ने उद्धेश्य सहित दुर्गा प्रसाईं र डा.धवलशम्शेर राणा बिच एकता ।

    June 14, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्ने उद्धेश्य सहित दुर्गा प्रसाईं र डा.धवलशम्शेर राणा बिच एकता ।
    २०८३ जेठ ३१, आइतबार ।
    आज आइतबार काठमाण्डौमा भएको एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेर नयाँ पार्टीको गृहकार्यमा रहेका डा. धवलशम्शेर राणाले दुर्गा प्रसाईंसँग आफ्नो एकता हिन्दू राज्यसहित राजसंस्था पुनर्स्थापना नहुँदासम्म नटुट्ने बताएका छन् । नयाँ पार्टी गठन गर्न लागेका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् ।
    आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले यस्तो आरोप लगाएका हुन् । उनले सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै आफू सत्य बोल्न नडराउने समेत बताए । वर्तमान बालेन शाह नेतृत्वको सरकार र रास्वपा पनि धेरै नटिक्ने भन्दै प्रसाईंले कांग्रेस, एमाले, माओवादी र राप्रपा अब उठ्न नसक्ने समेत बताए। उनले राजेन्द्र लिङ्देन आइआरआईको सदस्य भएको आरोप लगाउँदै देशका धेरै नेताहरू गद्दार रहेको टिप्पणी समेत गरे। ‘आमा, छोरी र देश बेच्नेहरू अपराधी हुन् ।
    उक्त कार्यक्रममा राप्रपा नेता धवल शमशेर राणाले बोल्दै भने, ‘गहन र सिरियस कुरामा धवलशमशेरले जे बोल्छ त्यही गर्छ भन्ने भाष्य छ । दुर्गा प्रसाईं र मेरो सहकार्य टुट्दैन । म दुर्गाजीको टिमलाई विश्वस्त पार्न चाहन्छु । मैले आफ्नो राजनीतिक जीवनमा धेरै धोका पाएको छु । तर आफैले कसैलाई धोका दिएको छैन । दुर्गाजीलाई पनि दिन्न ।’राणाले आफ्नो नेतृत्वको नयाँ पार्टीमा दुई तीन महिनाभित्रै मजबुत भएर जनताको माझमा जाने दावी गरे । सबै प्रदेश र सबै जिल्लामा कमिटी बनाउँदै गाउँपालिका र नगरपालिकासम्म फैलिने उनले बताए । मलमासका कारणले पार्टी घोषणामा अलिकति ढिलाइ भएको उनको भनाइ छ ।
    राणाले आफ्नो पार्टी राप्रपाजस्तो व्यक्तिवादी नहुने प्रष्ट पारे । उनले भने, ‘हाम्रो पार्टीमा कुनै एक व्यक्तिको हैकमवाद चल्दैन । यो पार्टीमा सबै तहमा सबैको विचार सुनिन्छ र फरक विचारलाई लिपीबद्ध गरेर नोट अफ डिसेन्ट लेख्ने व्यवस्था मिलाइन्छ ।’ पार्टी अहिले स्थापना भइसक्थ्यो तर मलमास छ भनेर हो, मलमासपछि नाम, झण्डा, पार्टीको योजनालगायत आउनेछ।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    रवि र बालेनद्धारा घण्टी बजाएर गरे रास्वपाको प्रथम महाधिवेशन उद्घाटन ।

    कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको जित

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ ।

    आज गृहमन्त्री र विज्ञान प्रविधि तथा नवप्रर्वतन मन्त्रीको शपथ पछि मन्त्रीहरुको फेरियो वरीयताक्रम ।

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि…

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री  विष्णु पौडेललाई २५ दिन पछि साधारण तारेखमा छाड्न विषेश अदालतको आदेश ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना