कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको जित
२०८३ असार ०३, बुधबार ।
अर्जेन्टिना र अल्जेरियाको खेल (३ः०)
अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो ।
कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको छ । सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । छैटौं पटक विश्वकप खेल्दै कीर्तिमान बनाएका मेसीले विश्वकपमा पहिलो पटक ह्याट्रिक गरे । साथै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे । उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । यस्तै विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि उनकै नाममा छ । अल्जेरिया विरुद्धको खेल विश्वकपमा मेस्सीको २७औं खेल हो ।
मेसीका कृतिमानहरु
१. विश्वकप इतिहासमै सर्वाधिक गोल (रेकर्ड बराबरी)ः यस ह्याट्रिकसँगै मेसीको विश्वकपमा कुल १६ गोल पुगेको छ। उनले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको विश्वकै सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन्।
२. ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडीः सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र अहिले २०२६—मेसी फुटबल इतिहासमा ६ वटा फरक विश्वकप संस्करण खेल्ने संसारकै पहिलो र एक मात्र खेलाडी बनेका छन्।
३. अर्जेन्टिनाका लागि २००औं खेलः यो खेल मेसीको अर्जेन्टिनाको जर्सीमा २००औं अन्तर्राष्ट्रिय खेल थियो। यो आँकडा छुने उनी पहिलो अर्जेन्टिनी खेलाडी हुन्।
४. विश्वकपमा पहिलो ह्याट्रिकः मेसीले आफ्ना धेरै कीर्तिमानहरू बीच विश्वकपमा भने अहिलेसम्म ह्याट्रिक गरेका थिएनन्। ३८ वर्षको उमेरमा उनले आफ्नो करियरको पहिलो विश्वकप ह्याट्रिक दर्ता गरे।
५. सर्वाधिक विश्वकप खेलः विश्वकपमा आफ्नो २७ औं खेल खेल्दै उनले सबैभन्दा धेरै विश्वकप खेल खेल्ने आफ्नै रेकर्डलाई अझै मजबुत बनाएका छन्।
६. साविक विजेताको रूपमा पहिलो जितः अर्जेन्टिनाको इतिहासमा साविक विजेताको रूपमा मैदान उत्रिँदा पहिलो खेल जितेको यो पहिलो पटक हो। यसअघि १९८२ र १९९० मा अर्जेन्टिनाले साविक विजेता भएर खेल्दा पहिलो खेल हारेको थियो।


