आज गृहमन्त्री र विज्ञान प्रविधि तथा नवप्रर्वतन मन्त्रीको शपथ पछि मन्त्रीहरुको फेरियो वरीयताक्रम ।
२०८३ जेठ २६, मंगलबार ।
आज दिउँसो ३ बजे हुने भनेको गृहमन्त्री र विज्ञान, प्रविधि, नवप्रवर्तन मन्त्रीको शपथ ग्रहण कार्यक्रम लगभग ३ घण्टा ढिला गरी सम्पन्न भएको गृहमन्त्री सुदन गुरूङ र विज्ञान, प्रविधि, नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति भवन शीतल
निवासमा दुई जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्। बालेन शाह प्रधानमन्त्रीले भएपछि यो आज पाँचौ मन्त्रिपरिषद विस्तार गरेका हुन।
सुधन यसअघि २७ दिन गृहमन्त्री भएका थिए। सम्पत्ति स्रोतमाथि विवाद हुँदा उनीमाथि छानबिन भएको थियो। उनी गोरखा १ बाट निर्वाचित सांसद हुन्। महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। उनी सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बनेका थिए। बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक प्रवेश पाएका गृहमन्त्री सुधन गुरुङले यस अगाडी कै पाँचौँ वरीयता पाएका छन्। उनी भन्दा अगाडि डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र विराजभक्त श्रेष्ठको वरीयता छ।
नयाँ मन्त्रीको शपथ पछिको वरीयताक्रम यस प्रकार रहेको छ ।


