Close Menu
    What's Hot

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    July 21, 20264 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास।
    २०८३ श्रावण ५, मंगलबार ।
    प्रधानमन्त्री बालेन शाह प्रधानमन्त्री बनेको समयमा स्टक एक्सचेन्ज परिसूचक पनि २९८२ सम्म पुगेको थियो तर पछिल्लो समयमा निरन्तर बजार घटेर २५०० को हाराहारीमा पुगे पछि प्रधानमन्त्री शाहले शेयर बजार सुधारलाई प्राथमिकतामा राख्दै सोमबार शेयर बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग हिजो सोमबार विशेष छलफल गर्नुभएको छ। प्रधानमन्त्री बालेन शाहले सोमबार पुँजीबजारमा सरोकारवाला पक्षहरूका कुरा सुनेका छन् । लगानीकर्ताको मनोबल कमजोर हुनुको कारण खोजेका प्रधानमन्त्रीले करिब एक घण्टा सुनेर बाहिर भनिए जस्तो नभएको भन्दै आश्वासन दिनुभएको थियो । प्रधानमन्त्रीले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर, संस्थागत लगानी तथा व्यक्तिगत लगानीकर्तालाई आफ्नै कार्यकक्षमा बोलाएर छलफल गरेका हुन् ।
    छलफल टोलीमा धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल त्यसैगरी, बजारको गहिरो ज्ञान राख्ने नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ, शेयर बजारका अनुभवी हस्तीहरू अम्बिकाप्रसाद पौडेल र प्रियराज रेग्मीको पनि उपस्थिति थियो। उक्त छलफल निम्न विषयहरुमा केन्द्रित रहेको पाइएको छ
    नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित कार्यहरु
    –प्राथमिक निश्कासनको प्रणालीमा सुधार गर्ने ।
    –योग्य सस्थागत लगानीकर्तालाई कुल निस्कासनको ४० प्रतिशत र ६ महिनाको लकईन अवधी सहित प्राथमिक निश्कासनको लागि बुक बिल्डिङ्ग प्रणाली लागु गर्ने ।
    –दोस्रोबजारमा माग आपुर्तिको सन्तुलन कायम गरी उचित मूल्यनिर्धारण गर्ने प्रणाली सुधार गर्ने ।
    –धितोपत्र बोर्डको संस्थागत सुसाशन निर्देशिका, ऋणदिने बैक वित्तिय संस्था वा अन्य नियमले रोकेको भन्दा बाहेक कर्मचारी, स्थानीयबासी, सामुहिक लगानी कोष, पिईभिसि तथा अन्य साना संस्थापक शेयरधनीले धारण गरेको शेयरहरुको कम्तीम २० प्रतिशत सुचिकृत भएकै दिनमा योग्य बनाउने ।
    –कम्पनी सुचिकृत भएको दिन सो कम्पनीको कारोबार मुल्यमा सर्किट ब्रेकरको नियम लागु नहुने ब्यवस्था र सर्ट सेल (खातामा नभएको शेयर बिक्रि गर्न पाउने) लागु गर्ने ।
    –दोस्रोबजारमा तरलता बढाउन इन्ट्राडे कारोबार सुचारु गर्ने ।
    –बजारको तरलता बढाउन अक्सन मार्केट, धितोपत्र ऋण सापटी र कारोबार भएको सेक्यूरीटीज्को खुद राफसाफ प्रणाली प्रणालीको बिकास गरी र क्जयचत कबभि कारोबार संचालन गर्ने । नियममा व्यवस्था गरी अहिलकै प्रणालीबाट यी करोबार सम्भव छ ।
    नेपाल राष्ट्र बैंकसँग सम्बन्धित कार्यहरु
    –बजारमा तरलता प्रदान गर्न धितोपत्र ब्यवसायी ९ब्रोकर० मार्फत लगानीकर्ताहरुलाई मार्जिन कारोबार सेवा संचालनको लागि बैंक तथा वित्तिय संस्थाले धितोपत्र दलाल व्यवसायीलाई होलसेल प्रकृतीको ओभर ड्राफ्ट वा चालुपुँजी कर्जा दिन सक्ने नियमकिय व्यवस्था गर्ने ।
    –बैक वित्तिय संस्थाले धितोपत्रमा लागनी गरेपश्चात कम्तीमा ६ महिना बिक्रि गर्न नपाउने ब्यवस्था खारेज गर्ने ।
    –बैकबाट प्रबाह हुने सबै कर्जाहरु कुल कर्जाको अनुपातमा तोकिएको तर शेयर धितोको कर्जा बैकको कोर क्यापिटलको अनुपातमा तोकिएकोले शेयर धितोको कर्जा पनि कुल कर्जाको न्यूनतम ५ प्रतिशत दिन पाउने व्यवस्था गर्ने ।
    नेपाल सरकार, अर्थ मन्त्रालयसँग सम्बन्धित कार्यहरु
    –धितोपत्र निसर्ग गर्दा घाटा समायोजन नगरी लाभमा मात्र कर तिर्ने बिद्ययमान व्यवस्थामा आ।ब। २०८३र०८४ बजेटले पुँजीगत लाभकरको दर ९१ बर्ष भन्दा लामो अवधीको लाभ कार ५५ बाट ७।५५, ५०५ र एक बर्ष भन्दा कम अबधिको ७५५ बाट १०५, ३३०५ ले ० बृद्धी गरिएकोले नकारात्मक सन्देश प्रबाह भएको, बजार पुँजीकरण, सुचक एवं राजश्व सबै न्यून हुने अबश्था सृजना भएकाले लाभकर गणना बिधि परिमाजन गरी नाफाघाटा समायोजन पश्चात खुद लाभ भएमा मात्र उल्लेखित दरको पुँजीगत लाभकार लिने व्यवस्था गर्ने । खुद लाभमा कर लिने नगरि इन्ट्राटे सर्ट सेल नसकिने ।
    –संस्थागत लगानीकर्तालाई सहभागिता बढाउने ।
    –नेपालको पुँजीबजारमा संस्थागत लगानीकर्ताको न्यून सहभागिताले गर्दा बजारको उतारचढाव अत्याधिक हुने गरेको छ । तसर्थ दिर्घकालीन कोष संचालकहरु संचयकोष, नागरीक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरु, बैक तथा वित्तिय संस्थालाई संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सहजिकरण एवं प्रोत्साहन गर्नको लागि कोष रकमको कम्तीमा ५ प्रतिशत लगानी गर्ने नीति अबलम्बन गर्ने ।
    –गैर आवासिय नेपाली र विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा लगानी गर्न बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण ऐन २०७५ को दफा ९, १० र ११ गरेको ब्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डले नियमावली बनाउने तथा अन्य व्यवस्था गर्ने ।
    –गैर–आवासिय नेपाली र विदेशी संस्थागत लगानीकर्तालाई बासिन्दा व्यक्ति सरह कर लाग्ने व्यवस्था गर्ने ।
    –नेपाल स्टक एक्सचेञ्जलाई रणनैतीक साझेदार सहित निजीकरण गर्ने ।
    –सरकारी लगानी र संरचनाले आधुनिक कारोवार प्रणली र औजारहरुको बिकासका लागी समयमा निर्णय नहुने, व्यवसायीक नबन्ने, क्षमतावान कर्मचारीको आकर्षण नहुने आदी समस्याको निराकरणको लागि यथासक्य चाँडो बैदेशिक रणनितिक साझेदार सहितको नेप्सेको पुनसंरचना गर्ने ।
    धितोपत्र कारोबार सम्बन्धि ऐन २०६४, २० बर्ष पुरानो भई परिमार्जनको क्रममा रहेकाले सरोकारवलाहरुको सहभागितामा प्रयाप्त छलफल गरी अघि बढाउनेबारे समेत छलफल भएको छ । साथै छलफलमा सहभागी हुनुभएका प्रतिनिधिले विभिन्न सामाजिक सञ्जालमा राख्नुभएको धारणा

    https://deskokhabar.com/wp-content/uploads/2026/07/AQP9aXz1OGma1SZtsPKYCtOc6txbAhQaWkXQ9x4PdUZH5ADlrgfmfbovXR7HNZeQ7H5JKZBWra5F2kwvUGw9mXC4lcTQicvVcqKUJ88UtvOQHA-online-video-cutter.com-online-video-cutter.com-2-2.mp4
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    सेयर बजारका खेलाडी दिपेन्द्र अग्रवाल पक्राउ ।

    सेयर बजार २७०० भन्दा तल ।

    नेप्सेको सिइओको लागी आवेदन दिने १० जना मध्ये संक्षिप्त सूचीमा छानिए ५ जना ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि…

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री  विष्णु पौडेललाई २५ दिन पछि साधारण तारेखमा छाड्न विषेश अदालतको आदेश ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना