भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।
२०८३ जेठ २०, बुधबार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा छन् । भारतको सत्तारुढ भारतीय जनता
पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी सोमबार (जेठ १८) पाँच दिने भ्रमणका लागि भारत प्रस्थान गरेका हुन् । दिल्ली पुगे लगत्तै लामिछानेले भारतीय उच्च नेतृत्वसँग संवाद गरिरहेका छन्। नयाँ दिल्ली पुगेपछि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष नवीनसँग भेटवा
र्ता गरेको छ । भेट ‘भाजपालाई चिन्नुहोस्’ अभियानअन्तर्गत आयोजना गरिएको छ । यस क्रममा प्रतिनिधिमण्डलले भाजपाको मुख्यालयको अवलोकनसमेत गरेको थियो । भेटका क्रममा अध्यक्ष नवीनले नेपाल–भारतबिचको ऐतिहासिक सम्बन्ध, साझा सांस्कृतिक विरासत तथा जनस्तरको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै यस्ता अन्तर्क्रियाले दुई देशका राजनीतिक दलहरूबिचको लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।



