Close Menu
    What's Hot

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    विपक्षको बिरोधका बीच सभामुख अर्यालले गरे प्रतिनिधिसभा नियमावली पारित ।

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १९ जेष्ठ २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १९ जेष्ठ २०८३, मंगलवार

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    May 10, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।
    २०८३ बैशाख २७, आइतबार ।
    परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा हेर्न सकिने आधिकारिक वेबसाइट र एसएमएस सेवा सम्बन्धी जानकारी सार्वजनिक गरेको छ। विद्यार्थीहरूले इन्टरनेट वा मोबाइल एसएमएसमार्फत सजिलै आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्। कार्यालयका अनुसार, एसईईको नतिजा प्रकाशित भएपछि विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरी वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्नका लागि सरकारले तोकेका आधिकारिक पोर्टल तथा साझेदार वेबसाइट प्रयोग गर्न आग्रह गरिएको छ।
    वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू:
    इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ। प्रमुख वेबसाइटहरू यस प्रकार छन्:
    आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
    नेपाल टेलिकम: www.see.ntc.net.np
    कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
    इडियु सञ्जाल: www.see.edusanjal.com
    खल्ती: https://khalti.com/app
    निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी, र इन्द्रेणी टाइम्सका वेबसाइटहरूबाट पनि नतिजा हेर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित भएपछि यी आधिकारिक माध्यमहरूबाट मात्र आफ्नो नतिजा रुजु गर्न परीक्षार्थी र अभिभावकहरूलाई अनुरोध गरेको छ।

    त्यसैगरी, मोबाइलबाट एसएमएस पठाएर पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ। एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
    परीक्षार्थीहरूले तल दिइएका सर्टकोडहरूमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्:

    • नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
    • जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
    • एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

    यसपालि यति छिटै कसरी सम्भव भयो ।
    चैत १९ देखि देशभर सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सकिएको थियो। सरकारले नै यसपालि महिना दिनभित्र नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको तीन दिनभित्रै नतिजा पठाउन परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको थियो। कापी जाँच्ने काम पनि मापदण्ड तोकेर परीक्षा भएकै केन्द्रमा गरिएको थियो। त्यस कारण यसपालि उत्तरपुस्तिकाहरू संकलन गरेर अन्यत्र पठाउनु नपर्दा नतिजा चाँडै निकाल्न सम्भव भएको हो।
    बोर्डले अन्तिम परीक्षा सकिएपछि सम्बन्धित विषयको नतिजा, उत्तरपुस्तिका तथा परीक्षासम्बन्धी सबै कागजात वैशाख ५ गतेभित्र बुझाउनू भन्ने निर्देशन दिएको दिएको थियो। यस अनुसार वैशाख ९ भित्र देशभरिका सम्पूर्ण जिल्ला शिक्षा इकाईहरूले मार्कस्लिप र उत्तरपुस्तिका बोर्डलाई बुझाएका थिए। मार्कस्लिप र उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटर इन्ट्री गर्ने काम पनि बोर्डले छिट्टै सकेको थियो। अघिल्ला वर्षहरूमा उत्तरपुस्तिका परीक्षण सुरू हुने समयमा यसपालि उत्तरपुस्तिका जाँचसँगै ७० प्रतिशत तथ्यांक इन्ट्रीको कामसमेत सम्पन्न भएको थियो। बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीले एक महिनाभित्र रिजल्ट ल्याउन बोर्डका कर्मचारीले बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म काम गरेको बताए। समयमै काम सक्न बोर्डले जनशक्ति पनि थपेको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता लिने तयारी ।।

    १२ संसदीय समिति सभापति निर्वाचित ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    २०८३ जेठ १८, सोमबार । छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोटका लागि काठमाण्डौ महानगरपालिकाले गत जेठ…

    विपक्षको बिरोधका बीच सभामुख अर्यालले गरे प्रतिनिधिसभा नियमावली पारित ।

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आ.व. २०८३.०८४ को लागी २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना