Close Menu
    What's Hot

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १९ भाद्र २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १९ भाद्र २०८३, शुक्रबार

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    July 20, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    २०८३ श्रावण ४, सोमबार ।

    विश्वकपमा ब्याक्तिगत नायक
    सर्वश्रेष्ठ युवा खेलाडी ———————————— पाउ कुबार्सी (स्पेन)
    सर्वश्रेष्ठ गोलरक्षक (गोल्डेन ग्लोभ्स विजेता) ——————–उनाइ सिमन्स (स्पेन)
    सर्वश्रेष्ठ खेलाडी (गोल्डेन बल विजेता) ——————–रोड्री (स्पेन)
    सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) ——————–किलियन एम्बापे १० गोल (फ्रान्स)
    फेरान टोेरेजका लागि यस विश्वकपमा गरेको पहिलो गोल जीवनकै अमूल्य गोल भएको छ । सो गोलले स्पेनलाई दोस्रो पटक फुटबलको विश्वविजेता बनायो । स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश
    गरेका टोरेजले अतिरिक्त समयमा गोल गरेपछि स्पेनले आइतबार राति अर्जेन्टिनालाई १–० ले हराएर विश्वकप फुटबल प्रतियोगिता, २०२६ को उपाधि जितेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले स्पेनका कप्तान रोड्रीलाई विश्वकप ट्रफी प्रदान गर्नुभयो । स्पेनको यस जितसँगै अमेरिका, क्यानडा र मेक्सिकोमा करिब पाँच हप्ता चलेको विश्वकपको २३ औँ
    संस्करण सकिएको छ ।
    स्पेन यसअघि सन् २०१० मा विश्वकप च्याम्पियन बनेको थियो । प्रशिक्षक लुइस डीला फुएन्टे कै प्रशिक्षकत्वमा स्पेनको यो तेस्रो उपाधि हो । उहाँको प्रशिक्षकत्वमा सन् २०२३ मा युइएफए नेसन्स लिग र सन् २०२४ मा युरोपियन कप जितेको थियो । हारसँगै अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्व च्याम्पियन भएर चार पटक च्याम्पियन बन्ने ब्राजिलको कीर्तिमान बराबरी गर्ने सपना पूरा भएन । यसै गरी अर्जेन्टिना चौथो पटक विश्वकप उपाधि जितबाट चुकेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८, १९८६ र २००२ मा उपाधि हात पारेको थियो । स्पेनले विश्व च्याम्पियन बन्ने व्रmममा कुल आठ खेलमा एक गोल मात्र बेहो¥यो । जुन विश्वकपमा सबैभन्दा कम गोल बेहोरेर विजेता बनेको कीर्तिमान बनेको छ । स्पेनको पुरुष टिम मात्र होइन, महिला टिम पनि अहिलेको विश्व र युरोपेली च्याम्पियन हो । न्युयोर्क, न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा भएको फाइनलमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि उपाधि विजेताको छिनोफानोका लागि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अर्जेन्टिनाले अतिरिक्त समय एक खेलाडीको बेफाइदामा खेलेको थियो । खेलको इन्जुरी समयमा इन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको हो । फर्नान्डेज विश्वकपको फाइनलमा रातो कार्ड पाउने छैटौँ खेलाडी बन्नुभएको छ । उहाँ बाहिरिएको केही क्षणपछि लामिने यमालको फ्री किक अर्जेन्टिनाका गोलरक्षक इमिलियो मार्टिनेजले दर्शनीय ढङ्गले जोगाएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको सातौँ मिनेटमा निको विलियम्सले बल गोलपोस्टमा पनि छिराउनुभएको थियो । तर रेफ्रीले फाउलको सङ्केत गरेपछि सो गोलले मान्यता पाएन । यद्यपि १०६ औँ मिनेटमा निकोले उत्कृष्ट कटब्याक पाससहित टोरेजलाई बल मिलाइदिनुभयो । सोही पासमा टोरेजले गोल गर्नुभएको हो ।
    यसअघि स्पेनलेखेल अवधिभर दबाब बनाएको थियो । स्पेनले अर्जेन्टिनाको गोलपोस्टमा लक्षित २० प्रहार गरेको थियो । अर्जेन्टिनाको तर्फबाट स्पेनको गोलपोस्टमा पहिलो प्रहारै खेलको अतिरिक्त समयमा मात्र आएको थियो । स्पेनका गोलरक्षक मार्टिनेजले १२ प्रहार रोक्नुभयो । जुन विश्वकपको फाइनलमा कीर्तिमान पनि भएको छ । यस जितसँगै स्पेनको विजयी यात्रा ३९ खेल पुगेको छ । यस व्रmममा स्पेनले २९ जित र नौ बराबरीमा खेलेको छ । ट्रफीसँगै ५१ मिलियन स्पेनले उपाधि जिते पछि सुनको ट्रफीसँगै ५१ मिलियन अमे रिकी डलर पुरस्कार पायो । उपविजेता अर्जेन्टिनाले ३४ मिलियन डलरमाचित्त बुझायो । यसैगरी तेस्रो भएको इङ्ग्ल्यान्ड ३० मिलियन र चौथो स्थानमा रहेको फ्रान्सले २८ मिलियन डलरको हकदार बनेका थिए । यसै गरी पाँचौँ देखि आठौँ स्थानमा रहने टिमलाई २० मिलियन डलर, नवौँ देखि १६ औँ स्थानमा रहने टिमलाई १६ लाख डलर, १७ देखि ३२ औँ स्थान बनाउने टिमलाई १२ मिलियन डलर र समूह चरणबाट बाहिरिने प्रत्येक टिमलाई १० मिलियन डलर प्रदान गरिएको थियो .

     

    May be an image of soccer, football, cleats and text

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्पेन विश्वकपको क्वाटरफाइनलमा, पोर्चुगललाई 1-0 ले हरायो ।

    आज भएका विश्वकप फुटवलका तीन खेलहरुको नजिता कस्तो रहयो ?

    २–० को नतिजामा अष्ट्रियालाई हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश ।

    भारी वर्षाका कारण फ्रान्स–इराकबीचको खेल अनिश्चितकालका लागि स्थगित ।

    फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान भएका २ खेल (कतार vs स्विटजरल्यान्ड र ब्राजिल vs मोरक्को) १-१ बराबरीमा ।

    फिफा विश्वकप–२०२६ मा आज बिहान भएको क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाको खेल १-१ को बराबरीमा सकियो।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद…

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा आज विशेष सम्बोधन ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना