२४ चैत २०८१, काठमाडौं ।
आज आइतबार बर्दियामा भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकारसहितको अध्यक्ष हुने टुंगो लागेको हो । एकीकृत दलमा दुई अध्यक्ष हुने र सह अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमति भएको हो । पार्टीको वरीयतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । यस्तै पार्टीको वरीयतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् । जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरी सहमति जुटेको छ ।
जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका ६ जना बीचमा छलफल भएको छ । १५ वैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको जनमतका प्रवक्ताले जानकारी दिएकाछन।
सीके राउत कार्यकारी अध्यक्ष र पहिलो वरीयतामा रेशम चौधरी रहने गरी जनमत–नागरिक उन्मुक्ति बिच एकता ।
1 Min Read


