सशस्त्र प्रहरीका एआइजी बंशीराज दाहाल सेवाबाट बर्खास्त ।
२०८३ असोज २३, शुक्रबार ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका बिचौलियालाई अति संवेदनशील सुरक्षा सूचना चुहाएको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एआइजी बंशीराज दाहाल सेवाबाट बर्खास्त भएका छन्। आज गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्धारा हस्ताक्षरीत विज्ञप्तिमा दाहालले आचरण सम्बन्धी कुरा बारबर उल्लंघन गरेका, बराबर अनुशासनहीक काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा मिति २०८३.०६.२३ गतेबाट आगू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारवाही गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ भन्ने उल्लेख गरीएको छ ।
गृहमन्त्री सुधन गुरुङले जाँचबुझ प्रतिवेदनका आधारमा दाहाललाई हटाउने कडा निर्णय गरेका हुन्। एआइजी तहकै उच्च सुरक्षा अधिकारीलाई यसरी बर्खास्त गरिएको यो नेपालकै पहिलो घटना हो।


