२०८३ कार्तिक ०९, सोमबार ।
हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने दुबिधा थियो भने उक्त दुविधालाई तोड्दै आज प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन गरेका छन् । उद्घाटनसँगै नेपालकै सबैभन्दा चर्चित खेलकुद प्रतियोगिता शुरु भएको छ । यस अघि भएको टस जितेको लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
त्यहीअनुसार अहिले सुदूर पश्चिम रोयल्सले ब्याटिङ गरेको हो। लुम्बिनी लायन्स गत सिजनको विजेता टोली हो भने सुदूर पश्चिम रोयल्स उपविजेता टोली हो । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको पहिलो खेल जारी छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।
पहिलो हाफमा चलिरहेको खेल अन्तर्गत लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्समाथि हाबी भइरहेको छ । खेलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका थिए । खेल हेर्न दर्शकहरू उल्लेख्य मात्रामा मैदान पुगेका छन् । त्यसै क्रममा सुदूरपश्चिम रोयल्सले दिएको ८८ रनको लक्ष्यलाई लुम्बिनी लायन्सले सहजै जीत निकालेको छ ।


