राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को ९औँ केन्द्रीय महाधिवेशन महोत्तरीको बर्दिबासमा सम्पन्न ।
२०८३ असोज २४, शनिबार ।
यहि असोज २२ गतेबाट महोत्तरीको बर्दिबासमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को ९औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । उक्त महाधिवेशनले पशुपती शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्ष पदमा लोकदोहोरी गायक पशुपति शर्माको मात्रै उमेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो।
जस अनुसार नयाँ पदाधिकारीमा
अध्यक्ष पशुपति शर्मा
वरिष्ठ उपाध्यक्ष दीपक खड्का
प्रथम उपाध्यक्ष सुवास केसी
द्वितीय उपाध्यक्ष (सांगठनिक) राजु ढकाल
द्वितीय उपाध्यक्ष (प्रशासनिक) रमेशराज भट्टराई
महासचिवः शिव हमाल लगाएत निर्वाचित भएका थिए ।
उक्त लोक दोहोरी प्रष्तिठानको केन्द्रीय समिति ७५ सदस्यीय रहने छ । जस अनुसार— ३८ पदाधिकारी र ३७ सदस्य रहने छ ।
केही उपाध्यक्ष, खुल्ला सदस्य, र महिला सदस्य लगायतका अन्य पदहरूमा भने मतदान प्रक्रियामार्फत कार्यसमिति चयन गरिएको थियो । जस अनुसार महिला सदस्यतर्फ गायिका टीका सानु सर्वाधिक मत प्राप्त गर्दै विजयी हुनुभएको छ। खुला सदस्यतर्फ गायक सुमन परियार पहिलो नम्बरमा निर्वाचित हुन सफल हुनुभएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को ९औँ केन्द्रीय महाधिवेशन महोत्तरीको बर्दिबासमा सम्पन्न ।
1 Min Read

