काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा अर्याल ।
२०८३ साउन २१, बिहीबार ।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको पदमा नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८३ साउन २० गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी मुक्तिराम अर्याललाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएको छ। नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहका सहसचिव महेशचन्द्र न्यौपानेलाई गृह मन्त्रालय वा अन्तर्गत खटाइएको छ। उनी यसअघि पूर्वाधार विकास मन्त्रालय वा अन्तर्गत कार्यरत थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नेपाल प्रशासन सेवाका सहसचिव रमेश कुमार के.सी.लाई कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत प्रदेश सचिवको जिम्मेवारीमा पठाइएको छ।



