Close Menu
    What's Hot

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    October 28, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम
    २०८३ कार्तिक ११, बुधबार ।
    सोमबार नेपाल आयल निगमले एक बिज्ञप्ती निकाल्दै ग्यासको खुद्रा बिक्रीमा अनिवार्य रूपमा भ्याट बिल दिन ग्यास बिक्रेताहरूलाई निर्देशन दिएको थियो । उक्त निर्देशनलाई नेपाल ग्यास बिक्रेता महासंघले स्वागत गर्दै भ्याट बिल जारी गरेर मात्रै ग्यास बिक्री गर्न ग्यास विक्रेतालाई परिपत्र गर्‍यो । कुनै पनि कारोबारमा भ्याटबिल अनिवार्य गर्ने विषयमा व्यवसायीको असन्तुष्टि हुने गर्छ । उपभोक्ता बिलप्रति जागरूक नभए पनि बिलबिजक जारी गर्दा उपभोक्तालाई पनि नोक्सान हुँदैन ।
    निगमले अहिलेकै समयमा किन यो निर्देशन जारी गर्‍यो त ? अहिले बजारमा ग्यासको अभाव छ । उपभोक्ताले महँगो मूल्य तिरेर ग्यास किन्न बाध्य रहेको गुनासो समेत गर्दै आएका छन् । निगमको यो कदमले यो अवस्थामा सुधार गर्न सक्ला ? भन्ने चासो समेत रहेको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर भ्याट बिल अनिवार्य गर्ने विषय अभाव समाधान, कालोबजारी नियन्त्रण एवं सुरक्षाको दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताउँछन् ।
    १. अनधिकृत बिक्री र किराना पसलको मनपरी अन्त्य
    व्यवसाय दर्ता गर्दा प्यान वा भ्याटमा कारोबारको प्रकृति स्पष्ट खुलाइएको हुन्छ। ग्यासको कारोबार गर्न आधिकारिक अनुमति पाएका बिक्रेताले मात्र अब ग्यास बेच्न पाउनेछन्। यसअघि टोल टोलका किराना पसलहरूले ग्यास बिक्री गर्दा ‘रासन नकिने ग्यास नदिने’ जस्ता सर्त राखेर उपभोक्तालाई बाध्य पार्ने गरेका गुनासा व्यापक थिए। अब ग्यास कारोबारको अनुमति नभएका र भ्याट बिल जारी गर्न नसक्ने किराना पसलहरूले ग्यास बेच्न पाउने छैनन्, जसले गर्दा बजार स्वतः व्यवस्थित हुनेछ।
    २. बिचौलिया र महँगो कमिसनको धन्दा बन्द
    अहिले ग्यास बिक्री गर्नेले महँगो मूल्य लिन ढुवानी खर्चको नाममा महँगो शुल्क लिँदै आएका थिए । अभावको मौका छोपेर बिचौलियाहरूले ‘म ग्यास ल्याइदिन्छु’ भन्दै एउटै व्यक्तिले पटक पटक खरिद गर्ने र उपभोक्तासँग चर्को ढुवानी खर्च वा कमिसन असुल्ने प्रवृत्ति मौलाएको थियो। भ्याट बिल प्रणाली लागू भएपछि बिलबिना यसरी बिचौलियामार्फत हुने अनधिकृत खरिद–बिक्री रोकिनेछ र उपभोक्ता अतिरिक्त रकम तिर्नुपर्ने मारबाट जोगिने ठाकुर बनाउँछन् ।
    ३. प्रभावकारी ट्रयाकिङ र रेकर्ड प्रणाली
    कुन उपभोक्ताले कहिले र कति सिलिन्डर ग्यास लगे भन्ने तथ्यांक अब भ्याट बिलमार्फत स्पष्ट रूपमा रेकर्ड रहनेछ। सिलिन्डर घरायसी प्रयोजनमा कति गयो र उद्योग वा व्यावसायिक क्षेत्रमा कति गयो भन्ने कुराको यकिन विवरण भ्याट बिलबाटै थाहा हुने भएकाले ग्यासको दुरुपयोग रोक्न र ट्रयाकिङ गर्न सहज हुनेछ।
    ४. ग्यासको होल्डिङ नियन्त्रण
    एउटै व्यक्ति वा व्यावसायिक फर्मले पटक–पटक ग्यास खरिद गरेर अनावश्यक रूपमा स्टक वा होल्डिङ गर्ने प्रवृत्तिमा रोक लाग्नेछ। खरिदकर्ताले ग्यास खरिद गर्न पाए पनि उसको खरिद विवरण बिलिङ प्रणालीमा प्रस्ट देखिने भएकाले कसैले पनि शंकास्पद रूपमा धेरै सिलिन्डर होल्ड गर्न सक्ने छैनन्।
    ५. गुणस्तर कायम गर्न सजिलो
    अहिले म्याद सकिएका, कम तौल भएका, कम गुणस्तरका ग्यास बिक्री वितरण भइरहेको गुनासो समेत यदाकदा सुनिन्छ । यस्ता ग्यास बिक्रीमा उपभोक्ता ठगिनुका साथै सुरक्षाको दृष्टिकोणले समेत जोखिमयुक्त हुन्छ । भ्याट बिल अनिवार्य गर्दा दुर्घटना तथा अन्य जोखिममा दाबी गर्न तथा सम्बन्धित उद्योगी र बिक्रेतालाई जिम्मेवार बनाउन सहयोग समेत पुग्ने निगमले जनाएको छ ।
    हामीले आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरलाई फोन गरेर सोध्यौ : कुनै व्यवसाहीको वार्षिक कारोबार ५० लाख पुग्दैन भने के हुन्छ ? के गर्ने भन्ने प्रश्नको जवाफमा उहाँले त्यस्तो अवस्थामा प्यान बिल पनि जारी गर्न सकिने जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को ९औँ केन्द्रीय महाधिवेशन महोत्तरीको बर्दिबासमा सम्पन्न ।

    सशस्त्र प्रहरीका एआइजी बंशीराज दाहाल सेवाबाट बर्खास्त ।

    फ्लाई दुबईले शुरु गर्यो पोखराबाट नियमित हवाई उडान, पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने ।

    सभामुख डोल प्रसाद अर्यालको निर्देशन पछि हट्यो सांसद खगेन्द्र सुनारले आईजीपीविरुद्ध लगाएको आरोप ।

    प्रेस काउन्सिलद्वारा आईसीयूभित्र अन्तर्वार्ता लिने सुरजसिंह ठकुरी, सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता । २०८३ कार्तिक १२, बिहिबार । रास्वपा सभापति…

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना