नेपाल प्रहरीको ३३ औं महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त ।
२०८२ कार्तिक २४, सोमबार ।
३० वर्षे सेवा अवधिका कारण वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्ग २६ कात्तिकदेखि रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी)मा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको छ । सोअघि नै सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । २४ भदौमा जेन जेड आन्दोलनको क्रममा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । उपत्यका कमाण्ड सम्हाल्नुअघि कार्की प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत व्यवस्थापन विभागका प्रमुख थिए । काठमाडौंजस्तो चुनौतीपूर्ण जिल्ला हुँदै उपत्यकाको कमाण्ड सम्हाल्दै आएका कार्की इमान्दार र कर्मनिष्ठ प्रहरी अधिकृतको रूपमा चिनिएका छन् । उनले कात्तिक २७ गतेदेखि लागु हुने गरी महानिरीक्षक पद समाल्ने छन ।
नेपाल प्रहरीको ३३ औं महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त ।
1 Min Read


