Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    प्रतिनिधिसभा विघटनको मुद्दा, पुर्नस्थापनाको त कुरै छाडौ अब चुनावअघि सुनुवाइ थाल्नसमेत असम्भव ।

    February 1, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    प्रतिनिधिसभा विघटनको मुद्दा, पुर्नस्थापनाको त कुरै छाडौ अब चुनावअघि सुनुवाइ थाल्नसमेत असम्भव ।
    २०८२ माघ १८, आइतबार ।
    केही दिनदेखि एमाले र नेपाली कांग्रेसको देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा छिटो सुनुवाइ हुनुपर्ने भनी वकालत गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेको र उम्मेद्वारहरू घरदैलोमा जाने तयारी गरिरहेका बेला ती नेताहरूले भने प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ तत्काल अघि बढाउनुपर्ने माग गरेका थिए । निर्वाचनमा भन्दा पनि उनीहरूको अभिव्यक्ति अदालतमा विचाराधीन मुद्दा टुंग्याउनेतर्फ केन्द्रित थियो ।
    कांग्रेस देउवा पक्षका नेताहरू त गतसाता मुद्दाको पेशी व्यवस्थापनमा दबाब दिन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई भेट्ने प्रयास नै गरेका थिए । कांग्रेस निवर्तमान सांसद श्याम घिमिरे नेतृत्वको टोलीले प्रधानन्यायाधीशलाई भेट्न खोजेको थियो, तर प्रधानन्यायाधीश राउतको सचिवालयले समय मिलाउन इन्कार गरेपछि त्यो रोकिएको थियो । सर्वोच्च अदालतले आगामी मंगलबार (२० माघ) मा मुद्दाको नियमित तारेख तोकेको छ । मुद्दाको सबै प्रक्रिया पुगेको भए त्यो दिन पेशीको मिति तोकिन्छ, होइन भने अर्को तारेख तोकेर मात्रै सबै काम सम्पन्न भएपछि पेशीको मिति तय गर्ने अभ्यास हुन्छ । सर्वोच्च अदालतले हरेक साता बुधबार र शुक्रबार संवैधानिक इजलास राख्ने अभ्यास छ । दुईमध्ये एक दिन नयाँ निवेदनहरूको पालो पर्छ भने अर्को दिन पुराना मुद्दाहरूको नियमित सुनुवाइ गरिन्छ । नयाँ मुद्दाको सुनुवाइ गर्ने दिन विचाराधीन मुद्दाहरूको पालो पर्दैन । सर्वोच्च अदालतले गतवर्षदेखि स्वचालित रूपमा पेशी व्यवस्थापन प्रणाली अबलम्बन गरिरहेको छ । पछिल्ला अभ्यासहरू हेर्दा सर्वोच्चमा नियमित रूपमा संवैधानिक इजलास बस्न पनि सकेको छैन ।
    २० फागुनमा प्रतिनिधिसभा विघटनको मुद्दाको नियमित तारेख भएकाले त्यसपछि साह्रै छिटो पेशी तोकिएमा दुईदेखि तीन साताको समय लाग्ने देखिन्छ । २८ मा(९बुधबार)मा पेशीको समय दिन सम्भव नहुने भएकाले त्यसपछिका बुधबारमा पालो व्यवस्थापन गर्नुपर्ने हुन्छ । र, त्यसमा पनि मुद्दाको कुनै पक्षले निवेदन दिएमा सुनुवाइ स्थगित हुन्छ । अर्को पालो आउन केही साता लाग्छ । ६ फागुन (बुधबार)मा ग्याल्पो ल्होसार परेकाले सार्वजनिक विदा छ, त्यसपछि १३ फागुनमा मात्रै संवैधानिक इजलास बस्नसक्ने सम्भावना छ । सर्वोच्च अदालतले १३ फागुनमा सुनुवाइ शुरु गरेपछि प्रतिनिधिसभा निर्वाचनको मितिभन्दा अघि त्यसलाई टुंग्याउनसक्ने देखिँदैन ।
    यसअघि २०७७ र ७८ सालमा भएका प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइको अभ्यास हेर्दा करिब एक महिनासम्म नियमित रूपमा सुनुवाइ भएर मात्रै फैसला भएको थियो । २२ पुस, २०७७ मा शुरु भएको सुनुवाइ ११ फागुनमा टुंगिएर मात्रै संक्षिप्त आदेश जारी भएको थियो । पहिलो विघटनको तुलनामा २०७८ सालमा भएको दोस्रो विघटनको सुनुवाइ संक्षिप्त र छरितो थियो । त्यतिबेला पनि सर्वोच्च अदालतले अन्तिम सुनुवाइ टुंग्याउन तीन साता लगाएको थियो । ९ असार, २०७८ बाट शुरु भएको सुनुवाइ २८ असारमा टुंगिएको थियो । त्यतिबेला सर्वोच्च अदालतले अरु सार्वजनिक सरोकारका मुद्दा सुनुवाइ नगरी शेरबहादुर देउवाले विघटन विरुद्धको मुद्दा मात्रै अघि बढाएको थियो । प्रतिनिधिसभा विघटनको मुद्दामा सामान्यतयास् सर्वोच्च अदालतले अदालतका सहयोगी ९एमिकस क्यूरी० मगाउने अभ्यास छ । यसअघिका दुवै मुद्दामा सर्वोच्चले नेपाल बार र सर्वोच्च अदालत बारबाट एमिकस क्यूरी मगाएको थियो । यदि सर्वोच्च अदालतले अहिलेपनि एमिकस क्यूरी मगाएमा अन्तिम सुनुवाइको मिति अझै लम्बिने निश्चित छ । सर्वोच्च अदालतका केही न्यायाधीशसम्वद्ध स्रोतका अनुसार, विघटनको मुद्दा छिटो सुनुवाइ गरिदिन आग्रह सहित एमाले र कांग्रेस देउवा पक्षका केही नेताहरूले सर्वोच्च अदालतको वरिष्ठताक्रममा माथि रहेका न्यायाधीशहरूलाई दबाबयुक्त आग्रह गरेका थिए ।
    त्यसपछि ‘स्थायी समिति’ र अन्य न्यायाधीशहरूको छलफलले ‘मुलुक निर्वाचततर्फ अघि बढेको अवस्थामा त्यसलाई प्रभावित हुनेगरीको न्यायिक सक्रियता नतिजामुखी नहुने’ निष्कर्ष निकालेका थिए । स्थायी समितिमा प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीश सहित अरु तीन वरिष्ठ न्यायाधीश संलग्न रहन्छन् । ‘त्यसपछि सम्पर्कमा आउने राजनीतिक पात्रहरूलाई अनौपचारिक र स्पष्ट रूपमा त्यो सन्देश गएको छ’ सर्वोच्च अदालतसम्वद्ध स्रोतले भन्यो, ‘अहिले फेरि मुद्दाको सुनुवाइको दबाब अघि बढाउनुमा उहाँहरूको राजनीतिक उद्देश्य होला । तर अदालतको मुद्दा भने नियमित प्रक्रियाबाट नै अघि बढ्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना