जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।
२०८३ बैशाख १४, सोमबार ।
पछिल्लो समय रास्वपा सांसद विश्वराज पोखरेल र खगेन्द्र सुनारका विवादित अभिव्यक्ति आएका छन। यस्ता विवदित अभिव्यक्ति पछि रास्वपा सभापति रवि लामिछानेले पार्टीका नेता र सांसदहरूले दिइरहेका विवादित अभिव्यक्तिबारे इंगित गर्दै आफ्नो पार्टी मालिक नभएर सेवक भएको बताएका छन् । उनले रास्वपामा मालिक बन्न चाहनेको स्थान नभएको भन्दै त्यो हेक्का राख्न आग्रह गरे । उनले अगाडि भने, ‘यत्ति कुरा म भन्छु कि जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन, हामी सेवक हौं । यो हेक्का सबैलाई हुनुपर्छ । मालिक हुन मन हुनेहरूका लागि अरु नै ठाउँ होला ।’
सांसद सुनारको अभिव्यक्तिबारे प्रताडित समुदायको चर्को आवाज सुन्दा झर्को मान्न नहुने भन्दै बचाउ गरे भने यस्तै अर्का सांसद पोखरेलले माफी मागिसकेको भन्दै सभापति लामिछानेले माफी मागिसकेकाले त्यसैगरी सबैले ग्रहण गर्नुपर्ने आशय व्यक्त गरे ।
जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।
1 Min Read


