Close Menu
    What's Hot

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    सहिद र घाइतेका परिवारलाई आजसम्म किन सम्बोधन हुन नसकेको भन्दै संसदमा प्रश्न ।

    शिक्षा मन्त्रालयले बाढीबाट शिक्षा क्षेत्रको परेको असरको द्रुत सर्वेक्षण गरी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २६ भाद्र २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २६ भाद्र २०८३, शुक्रबार

    चालु आर्थिक वर्ष २०८२/0८३ को पाँच महिना अर्थात् मङ्सिरसम्म नेपालीले परामर्श दिएर भित्रायाए अठार अर्ब – नेपाल राष्ट्र बैङ्क ।

    January 13, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चालु आर्थिक वर्ष २०८२/0८३ को पाँच महिना अर्थात् मङ्सिरसम्म नेपालीले परामर्श दिएर नेपालीले भित्रायाए अठार अर्ब – नेपाल राष्ट्र बैङ्क  ।
    २०८२ पौष २९, मंगलबार ।
    विदेशमा परामर्श दिएर नेपालीले गर्ने आम्दानी बढ्न थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/0८३ को पाँच महिना अर्थात् मङ्सिरसम्म नेपालीले आकर्षक आम्दानी भित्रायाएका छन् । यस अवधिमा नेपालीले १८ अर्ब १० करोड रुपियाँ परामर्शबापत आम्दानी गरेको केन्द्रीय बैङ्कले जनाएको छ । यो विदेशमा उपलब्ध गराएको व्यावसायिक तथा व्यवस्थापनसँग सम्बन्धित परामर्श बापतको आम्दानी हो । गत वर्षको सोही अवधिमा नेपालीले १४ अर्ब ५६ करोड रुपियाँ परामर्शबापत आम्दानी गरेको तथ्याङ्कले देखाउँछ । मङ्सिरसम्म नेपालबाट पनि परामर्शबापत करिब दुई अर्ब रुपियाँ बाहिरिएको छ । राष्ट्र बैङ्कका अनुसार सो अवधिमा एक अर्ब ७९ करोड रुपियाँ सोही शीर्षकमा नेपालबाट बाहिरिएको हो । परामर्शबापत नेपाल भित्रिएको र नेपालबाट बाहिरिएको रकमसमेत गर्दा नेपालले यो शीर्षकमा १६ अर्ब ३१ करोड रुपियाँ खुद आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १३ अर्ब २० करोड रुपियाँ थियो । नेपालीले अनुसन्धान एवं विकास शीर्षकमा पनि विदेशबाट आम्दानी गरेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । जस अनुसार मङ्सिरसम्म पाँच करोड ६५० लाख रुपियाँ अनुसन्धान तथा विकासबापत आम्दानी भएको देखिन्छ । यसै शीर्षकमा नेपालबाट दुई करोड ८३ लाख रुपियाँ बाहिरिएको छ । नवप्रवर्तन एवं प्रविधि आविष्कारका लागि महìवपूर्ण मानिने अनुसन्धान तथा विकासमा नेपालले गर्ने समग्र कारोबार निकै न्यून रहेको उल्लेखित तथ्याङ्कले देखाउँछ । यस अवधिमा नेपालीले प्राविधिक तथा व्यापार व्यवसायसँग सम्बन्धित सेवा प्रदान गरेर नौ अर्ब ५५ करोड रुपियाँ भित्राएको देखिन्छ । यसै शीर्षकमा नेपालबाट तीन अर्ब ४३ करोड रुपियाँ बाहिरिएको तथ्याङ्क छ । विगतको तुलनामा यस किसिमको आम्दानी बढ्दै गएको पनि देखिन्छ । गत आवको यही अवधिमा नेपालले सात अर्ब ३९ करोड रुपियाँ यो शीर्षकमा भित्राएको थियो ।

    विदेशमा श्रव्यदृश्यसम्बन्धी सेवा दिएर पनि नेपालीले आम्दानी गरिरहेको राष्ट्र बैङ्कले जनाएको छ । यस्तो सेवा दिएर नेपालीले पाँच महिनामा एक अर्ब ५८ करोड रुपियाँ आम्दानी गरेका छन् । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी एक अर्ब ३४ करोड रुपियाँ थियो । चालु आवको पहिलो पाँच महिनासम्म यसै शीर्षकमा नेपालबाट ४५ करोड १३ लाख रुपियाँ बाहिरिएको छ । पर्यटकबाट ३४ अर्ब आम्दानी पाँच महिनामा नेपालले पर्यटकबाट करिब ३४ अर्ब रुपियाँ आम्दानी गरेको छ । भ्रमण शीर्षक अन्तर्गत प्राप्त यो आम्दानी विदेशीले नेपालमा गर्ने खर्चको तथ्याङ्कसँग सम्बन्धित छ । गत वर्षको सोही अवधिमा ३५ अर्ब ११ करोड रुपियाँ आर्जन भएको थियो । राष्ट्र बैङ्कका अनुसार यस अवधिमा भ्रमण शीर्षकमा ८८ अर्ब ९७ करोड रुपियाँ नेपालबाट बाहिरिएको छ । भ्रमणका लागि नेपाल भित्रने र नेपालबाट बाहिरिने बिचको अन्तरका कारण नेपाललाई ५५ अर्ब रुपियाँ घाटा यस शीर्षकमा देखिन्छ । भ्रमण शीर्षक अन्तर्गत व्यावसायिक भ्रमणबापत दुई करोड १६ लाख रुपियाँ मात्र आम्दानी हुँदा ७४ करोड ७८ लाख रुपियाँ बाहिरिएको छ । व्यक्तिगत भ्रमणतर्फ ३३ अर्ब ९४ करोड रुपियाँ आम्दानी हुँदा ८८ अर्ब २२ करोड रुपियाँ बाहिरिएको छ । व्यक्तिगत भ्रमण अन्तर्गत स्वास्थ्यसम्बन्धी, शिक्षालगायतका भ्रमण पर्दछन् । नेपालबाट अध्ययनका लागि बाहिरिनेको सङ्ख्या अत्यधिक हुँदा शिक्षासँग सम्बन्धित भ्रमण शीर्षकमा मात्रै ५६ अर्ब रुपियाँभन्दा बढी रकम बाहिरिएको छ । श्रोत गोरखापत्र दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा नाफाको रकम जम्मा

    २०८२ माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने – नेपाल राष्ट्र बैंक

     राष्ट्रिय परिचय पत्र प्रयोग गरेर अब आफै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन सकिने, कर दिबसको उपलक्ष्यमा सम्मानीत हुनेहरु

    स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि झापा इनर्जी लिमिटेडले आइपीओ निष्काशन ।

    आफ्नो बैंक खाताको रकम हेरेर मात्र चेक काट्न सबैलाई राष्ट्र बैंकको आग्रह ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन । २०८३ भाद्र २५, बिहिबार…

    सहिद र घाइतेका परिवारलाई आजसम्म किन सम्बोधन हुन नसकेको भन्दै संसदमा प्रश्न ।

    शिक्षा मन्त्रालयले बाढीबाट शिक्षा क्षेत्रको परेको असरको द्रुत सर्वेक्षण गरी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा ।

    सरकारले भोटेकोशीको बाढीको कारण हराइरहेका मानिसहरुको खोजीकार्यका लागी आधुनिक विशेष उपकरण प्रयोग गर्ने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना