Close Menu
    What's Hot

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार

    २०८२ माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने – नेपाल राष्ट्र बैंक

    January 9, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने – नेपाल राष्ट्र बैंक

    २०८२ पौष २५, शुक्रबार ।
    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत हुने नगद कारोबारमा व्यापक कडाइ गर्दै नगद भुक्तानीको अधिकतम सीमा घटाएको छ। केन्द्रीय बैंकले यसअघि कायम रहेको १० लाख रुपैयाँको नगद कारोबार सीमा आधा घटाएर ५ लाख रुपैयाँमा झारेको हो। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज २०८२ पुस २५ गते एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक राम पौडेलद्वारा हस्ताक्षरित यो निर्देशन आगामी २०८२ माघ १ गतेदेखि देशभर सञ्चालनमा रहेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका सबै बैंक तथा वित्तीय संस्थामा अनिवार्य रूपमा लागू हुनेछ।
    नयाँ निर्देशनअनुसार अब कुनै पनि निक्षेपकर्ता, ग्राहक, व्यक्ति वा संस्थालाई ५ लाख रुपैयाँ वा सोभन्दा बढीको भुक्तानी गर्दा नगद दिन पाइने छैन। यस्तो भुक्तानी अनिवार्य रूपमा एकाउन्ट पेयी चेकमार्फत वा सम्बन्धित व्यक्तिको खातामा मात्र जम्मा हुने गरी विद्युतीय माध्यमबाट गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि १० लाख रुपैयाँसम्म नगद झिक्न पाउने प्रावधान रहेकोमा केन्द्रीय बैंकले त्यसलाई घटाएको हो।
    केन्द्रीय बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने स्पष्ट व्यवस्था पनि गरेको छ। ५ लाखभन्दा माथिको रकमको चेक जारी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्ने र सो रकम सिधै खातामा मात्र जम्मा गर्नुपर्ने व्यवस्था लागू गरिएको छ। फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा खिचिएका सबै चेकहरूको भुक्तानी पनि एकाउन्ट पेयी नै हुनुपर्नेछ। राष्ट्र बैंकका अनुसार ठूला नगद कारोबारलाई निरुत्साहित गर्दै वित्तीय प्रणालीमा पारदर्शिता बढाउने, अवैध तथा अनौपचारिक कारोबार नियन्त्रण गर्ने र डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले यो नीतिगत परिवर्तन गरिएको हो। यो व्यवस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको जनाइएको छ।
    यद्यपि, विशेष परिस्थिति र आवश्यकतालाई ध्यानमा राख्दै केही अवस्थामा भने लचकता अपनाइएको छ। कुनै निक्षेपकर्ता वा बचतकर्ताले ठोस कारण खुलाएर ५ लाखभन्दा बढी नगद भुक्तानीका लागि निवेदन दिएमा र सो कारण मनासिब देखिएमा बैंक तथा वित्तीय संस्थाले सीमाभन्दा बढी नगद भुक्तानी गर्न सक्नेछन्। तर, यसरी गरिएको नगद भुक्तानीको मासिक विवरण अनिवार्य रूपमा राष्ट्र बैंकमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा नाफाको रकम जम्मा

    चालु आर्थिक वर्ष २०८२/0८३ को पाँच महिना अर्थात् मङ्सिरसम्म नेपालीले परामर्श दिएर भित्रायाए अठार अर्ब – नेपाल राष्ट्र बैङ्क ।

     राष्ट्रिय परिचय पत्र प्रयोग गरेर अब आफै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन सकिने, कर दिबसको उपलक्ष्यमा सम्मानीत हुनेहरु

    स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि झापा इनर्जी लिमिटेडले आइपीओ निष्काशन ।

    आफ्नो बैंक खाताको रकम हेरेर मात्र चेक काट्न सबैलाई राष्ट्र बैंकको आग्रह ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि…

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री  विष्णु पौडेललाई २५ दिन पछि साधारण तारेखमा छाड्न विषेश अदालतको आदेश ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना