Close Menu
    What's Hot

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    विपक्षको बिरोधका बीच सभामुख अर्यालले गरे प्रतिनिधिसभा नियमावली पारित ।

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १९ जेष्ठ २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १९ जेष्ठ २०८३, मंगलवार

    कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा नाफाको रकम जम्मा

    March 27, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा नाफाको रकम जम्मा
    २०८२ चैत्र १३, शुक्रबार ।
    कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कुल नाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब पाँच अर्ब ३० करोड नाफा वितरण गरेको छ । जसअनुसार, कोषका सञ्चयकर्ताहरूको खातामा करिब पाँच अर्ब १९ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिब १० करोड ५५ लाख नाफा जम्मा गरिएको छ । कर्मचारी सञ्चय कोष सञ्चालक समितिको यही फागुन २७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरू मौज्दात रकममा एक प्रतिशतका दरले हुने रकम नाफाका रूपमा वितरण गर्ने निर्णय गरे बमोजिमको नाफा सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा जम्मा गरिएको हो । कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल नाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्ताका लागि नाफाको रुपमा सञ्चयकर्ताको व्यक्तिगत खातामा जम्मा गर्ने र वाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषहरुमा राख्ने गर्दछ ।
    यस्ता कोषहरुमा रहेको रकम आवश्यकताअनुसार सञ्चयकर्ताको हितमा खर्च हुने गर्दछ । कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई चालु आर्थिक वर्षमा सञ्चित रकममा चार दशमलव २५ प्रतिशतका दरले ब्याज प्रदान गरेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ताले कोषबाट पाँच दशमलव ७५ प्रतिशत व्याजमा सञ्चित रकमको ९५ प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् । यस परिप्रेक्ष्यमा कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूले पाउने चार दशमलव २५ प्रतिशत ब्याजदरमा नाफा एक प्रतिशतसमेत जोड्दा जम्मा पाँच दशमलव २५ प्रतिशत हुने र विशेष सापटीको ब्याजदर पाँच दशमलव ७५ प्रतिशतमात्र भएकाले सञ्चयकर्ता तथा योगदानकर्ताहरूले प्राप्त गर्ने प्रतिफल भन्दा तिर्नुपर्ने ब्याज शून्य दशमलव ५० प्रतिशतमात्र बढी रहन गएको छ ।
    कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विगतदेखि नै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटीसमेत उपलब्ध गराउँदै आएको छ । साथै, सञ्चयकर्ता र योगदानकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पत्तीलाई स्वास्थ्य उपचार सोधभर्ना सुविधा उपलब्ध गराउँदै आएको छ भने काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदानलगायतका सामाजिक सुविधाहरूसमेत प्रदान गर्दै आएको छ ।                                                                                                                                     यसअन्तर्गत गत आर्थिक वर्ष २०८१/८२ मा सुत्केरी तथा शिशु स्याहार सुविधाबापत १९ हजार एक सय ११ जना सञ्चयकर्तालाई करिब १४ करोड ३४ लाख, काजकिरिया अनुदानबापत छ सय पाँच जनालाई करिब दुई करोड ४२ लाख, दुर्घटना क्षतिपूर्तिबापत एक सय ७० जनालाई करिब तीन करोड ३९ लाख, स्वास्थ्य उपचार सोधभर्नाबापत पाँच हजार तीन सय ५५ जनालाई ३४ करोड र विशेष आर्थिक सुविधा वापत निजामतीतर्फका एक सय ७२ जना सञ्चयकर्तालाई करिब एक करोड ७३ लाख प्रदान गरिएको छ ।
    हाल कर्मचारी सञ्चय कोषमा पाँच लाख ७८ हजारको संख्यामा सञ्चयकर्ता र ९६ हजारको संख्यामा निवृत्तभरण कोषका योगदानकर्ता रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    चालु आर्थिक वर्ष २०८२/0८३ को पाँच महिना अर्थात् मङ्सिरसम्म नेपालीले परामर्श दिएर भित्रायाए अठार अर्ब – नेपाल राष्ट्र बैङ्क ।

    २०८२ माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने – नेपाल राष्ट्र बैंक

     राष्ट्रिय परिचय पत्र प्रयोग गरेर अब आफै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन सकिने, कर दिबसको उपलक्ष्यमा सम्मानीत हुनेहरु

    स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि झापा इनर्जी लिमिटेडले आइपीओ निष्काशन ।

    आफ्नो बैंक खाताको रकम हेरेर मात्र चेक काट्न सबैलाई राष्ट्र बैंकको आग्रह ।

    सेयर बजारका खेलाडी दिपेन्द्र अग्रवाल पक्राउ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    २०८३ जेठ १८, सोमबार । छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोटका लागि काठमाण्डौ महानगरपालिकाले गत जेठ…

    विपक्षको बिरोधका बीच सभामुख अर्यालले गरे प्रतिनिधिसभा नियमावली पारित ।

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आ.व. २०८३.०८४ को लागी २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना