निर्वाचन आयोगद्धारा अन्तिम मतदाता नामावली प्रकाशित, थपिए सवा ९ लाख १५ हजार ११९ मतदाता ।
२०८२ पौष १२, शनिबार ।
निर्वाचन आयोगद्धारा आज प्रकाशित फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली अनुसार ९ लाख १५ हजार ११९ थपिएर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता भएको जानकारी दिएको छ । कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ । उक्त नामावली विवरण अनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उक्त नामावली आयोगको वेभ साइटमा प्रकाशन गरिएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताए । आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।
निर्वाचन आयोगद्धारा अन्तिम मतदाता नामावली प्रकाशित, थपिए ९ लाख १५ हजार ११९ मतदाता ।
1 Min Read


