अध्यागमन विभागद्धारा विदेशी नागरिकहरुलाई सेवा प्रदान गर्ने सबै निकायहरुलाई विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा दर्ता हुन आग्रह ।
२०८२ मंसिर ०७, सोमबार ।
अध्यागमन विभागले आज एक सूचना जारी गर्दै नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign Nationals Management Information System) विकास गरेको र आगामी वि। सं। २०८२ पुष १७ (सन् २०२६ जनवरी १) देखि अनिवार्य रुपमा कार्यान्वयन गर्ने गरी सार्वजनिक सूचना प्रकाशन गरेको छ। यस प्रणालीलाई पहिलो चरणमा वि. सं. २०८२ पुष १७ (सन् २०२६ जनवरी १) गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिनेछ। दोस्रो चरणमा वि. सं. २०८२ फागुन १७ (सन् २०२६ मार्च १) देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने कार्ययोजना रहेको छ।
यस सूचना प्रणालीको कार्यान्वयनको प्रभावकारीताका लागि विदेशी नागरिकहरुलाई सेवा प्रदान गर्ने सबै निकायहरु प्रणालीमा दर्ता हुनुपर्छ। यो प्रणाली कार्यान्वयनको लागि छोटो अवधी मात्र बाँकी रहेको र हालसम्म प्रणालीमा आबद्ध भएका निकायहरुको संख्या न्यून रहेको देखिएकोले यथाशीघ्र आबद्धताको लागि अनुरोध गरिएको छ। पहिलो चरणमा उपत्यकाका तारे होटेलहरुमा अनिवार्य लागू गर्ने भए तापनि विदेशी नागरिकहरुलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवम् निजी कम्पनीहरु अग्रीम रुपमा यस प्रणालीमा आबद्ध हुन सकिनेछ। उक्त प्रणालीमा दर्ता हुने प्रक्रिया र Manual विभागको वेभसाईट https://www.immigration.gov.np मा हेर्न सकिनेछ। यस सम्बन्धी थप जानकारी आवश्यक भएमा विभागको सूचना प्रविधि शाखा वा विभागका कम्प्युटर ईञ्जिनियर श्री सन्तोष कुमार शाह -मोबाईल नं ९७७ ९७६१४२३६३७० लाई सम्पर्क गर्न सकिनेछ।
हेर्नुहोस सूचना

