Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    मतपत्र छपाइको तयारी पूरा ।

    December 22, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मतपत्र छपाइको तयारी पूरा ।
    २०८२ पौष ०७, सोमबार ।
    आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न लागेको हो । यसअघि निर्वाचन आयोगले मौखिक र पत्रमार्फत मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरेको थियो । सोही अनुसार केन्द्रले मतपत्र छपाइका लागि चार वटा अत्याधुनिक छापाखाना र २५० जना जनशक्तिसमेत तयारी अवस् थामा राखिसकेको छ । साथै मतपत्र छपाइका लागि आवश्यक कागज, मसीलगायत मेसिनका लागि चाहिने अन्य पार्टपुर्जाको पनि केन्द्रले जोहो गरिसकेको छ । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार मतपत्र छाप्ने विषयमा आइतबार पनि निर्वाचन आयोगसँग छलफल भएको थियो । पौडेलका अनुसार आयोगले निर्देशन दिनेबित्तिकै छपाइको काम सुरु हुने छ । केन्द्रले अहिलेको जनशक्ति, छपाइ मेसिन र वार्षिक कार्ययोजनालाई असर नपर्ने गरी काम गर्न कम्तीमा पनि पुस १६ गतेबाट छपाइको कार्य सुरु गर्ने गरी कार्ययोजना बनाउन आयोगलाई अनुरोध गरेको छ ।केही दिनअगाडिकै समय राखेर काम गर्दा छपाइ मेसिनमा अकस्मात् कुनै समस्या आइहालेमा पनि मर्मत गरेर काम गर्न सहज होस् भन्ने चाहना केन्द्रको छ । आयोगले पनि औपचारिक निर्णय नगरे पनि यही मितिको आसपासबाट मतपत्र छाप्ने विषयमा सकारात्मक देखिएको पौडेलले बताउनुभयो । पहिलो चरणमा समानुपातिकतर्फको मतपत्र छपाइ गरिने छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन आयोगमा ९३ वटा दलले संयुक्त र एक्लाएक्लै निवेदन दिएका छन् । विगतका निर्वाचनलाई हेर्दा प्रतिनिधि सभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ करिब चार करोड थान मतपत्र छाप्नुपर्ने आकलन केन्द्र र आयोगले गरेका छन् । यसरी हिसाब गर्दा समानुपातिकका लागि डेढ करोडदेखि दुई करोड थानसम्म मतपत्र छाप्नुपर्ने हुन्छ ।
    केन्द्रका प्रबन्ध सञ्चालक पौडेलका अनुसार समानुपातिकको मतपत्र छपाइका लागि २ ९ दिनको कार्यतालिका बनाइसकिएको र निर्वाचन आयोगको औपचारिक पत्र आउनसाथ काम सुरु गरिने छ । समानुपातिकको मतपत्र छापिसक्दा प्रत्यक्षतर्फको पनि छाप्ने बेला हुने र सोही अनुसार गर्ने योजना बनाइएको छ । जनक शिक्षाले निर्वाचनको मतपत्रसहित मतदाता परि चयपत्र, सूचनामूलक पोस् टर लगायतका आवश्यक सामग्री छपाइका लागि पनि तयारी गरेको छ । मतपत्र छपाइका लागि करिब २५ करोड रुपियाँ खर्च लाग्ने अनुमान जनक शिक्षाको छ । यसअघि पनि जनक शिक्षाले स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, समानुपातिक तथा प्रत्यक्ष निर्वाचनलगायत निर्वाचनका सबै मतपत्र छपाइ गर्दै आएको छ । पछिल्लो समय जनक शिक्षाले नेपाल टेलिकमको पाँच करोड थान रिचार्जकार्ड छपाइको कार्य पनि गरिरहेको छ । जसमध्ये चार करोड थान छपाइ कार्य सकिएको छ । स्रोत गोरखापत्र दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना