राष्ट्रिय विज्ञापन संघ नेपाल(नान)को तेस्रो वार्षिक साधारण सभा तथा पिकनिक कार्यक्रम सम्पन्न ।
२०८२ पौष ०६, आइतबार ।
काठमाडौँ — राष्ट्रिय विज्ञापन संघ नेपाल(नान)को तेस्रो वार्षिक साधारण सभा तथा पिकनिक कार्यक्रम काठमाण्डौ जिल्ला चन्दागिरी नगरपालिका वार्ड नं. १ स्थित रहेको अति रमणीय स्थल स्जिरल्याण्ड पार्क, कालुपाण्डे समाधी स्थल नजिकै रहेको view 360०ं Resort Pvt. Ltd.मा सफलतापूर्वक सम्पन्न भयो । संघका अध्यक्ष प्रदिप प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा संघका पदाधिकारी, सदस्यहरू तथा विभिन्न विज्ञापन व्यवसायसँग आबद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस कार्यक्रमका प्रमुख अतिथि तथा सस्थापन अध्यक्ष श्री धमेन्द्रकाजी श्रेष्ठले यस संघको स्थापनाकालको संस्था र हालको संस्थामा धेरै फरक रहेको जनाउनुभयो । सभामा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना र नीतिगत विषयमा विस्तृत छलफल गरिएको थियो। उक्त कार्याक्रममा उपस्थित व्यावसायी तथा प्रतिनिधिले संस्थाले यतिधेरै कामहरु गरेकोमा खुसी व्याक्त गरेका थिए । विज्ञापन ऐन तथा नियमावलीका कारण व्यवसायी मर्कामा परेको र सरकारले विज्ञापन एजेन्सीहरुलाई नै टारगेट बनाई रहेकोमा दुःख व्यक्त गरेका थिए । विज्ञापन बोर्डको लागी छुट्टाईको ३ प्रतिसत रकम हालसम्म विज्ञापन एजेन्सी मार्फत नै कट्टा गरिदै आइरहेको छ । कहिनभएको जात्रा हाडीगाँउमा भने झै तेस्रो पक्ष विल विज्ञापन एजेन्सीलाई मात्र किन ? कि नेपाल सरकारले ऐन, नियम बनाएर सबै व्यावसायमा तेस्रो पक्ष बिल लागू गर्नु पर्यो अन्यथा विज्ञापनको क्षेत्रमा मात्रै लागू गर्न नहुने विषयमा जेन जी सरकारको ध्यानाकर्षण गर्न चाहन्छौ । बिज्ञापन क्षेत्र एक एजेन्सी मात्र नभएर उधोग हो भन्ने बुझ्नु जरुरी छ । नेपाल सरकारका ऐन, नियम, कानून तथा नीतिहरुलाई स्वीकार गर्दै विभिन्न पत्र पत्रिका, रेडियो र टेलिभिजामा लाखौ रुपैया लगानी (जम्मा) गरी हजारौलाई रोजगारी उपलब्ध गराउदै आएको छ । त्यसकारण तेस्रो पक्ष विल र ३ प्रतिसत बिज्ञापन बोर्डलार्य जाने रकमलाई जेन जी सरकारले पनि ध्यान दिई हटाउनकालागी जोडदार माग गरीएको छ । विज्ञापन बोर्डका अध्यक्ष श्री लक्ष्मण गुमागाईलाइर्् पनि गत वर्षसम्म विज्ञापन बजार विगार्ने विज्ञापन एजेन्सी नै हुन कि जस्तो लाग्थ्यो तर गत वर्षबाट उहाँलाई पनि बजार बिगार्ने विज्ञापन एजेन्सी होइनन भन्नेमा स्पष्ट हुनुभएको छ ।
राष्ट्रिय विज्ञापन संघ नेपाल(नान)को तेस्रो वार्षिक साधारण सभा मार्फत विधान संशोधन गरी यस संघलाई सातै प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्ने जनाएको छ । हाल यस संस्थामा १०५ सदस्य रहेका र यसलाई यस आ.व.मा विस्तार गरी १५० सदस्य पुर्याउने लक्ष्य लिएको संस्थाका महासचिब श्री विमल खडकाले जानकारी दिनुभएको छ । राष्ट्रिय विज्ञापन संघ नेपाल(नान)को तेस्रो वार्षिक साधारण सभामा कोषाध्यक्ष श्री अरुण अर्यालले आय व्यय प्रस्तुत गर्नु भएको थियो । साथै नानका प्रथम उपाध्यक्ष श्री अमृत पन्थी तथा द्धितिय उपाध्यक्ष श्री आशिष खड्काले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
साधारण सभापछि आयोजित पिकनिक कार्यक्रममा सहभागीहरूबीच आपसी आत्मीयता, अनुभव आदान–प्रदान तथा मनोरञ्जनात्मक गतिविधिहरू सम्पन्न भएका थिए। कार्यक्रममा विज्ञापन क्षेत्रलाई थप सशक्त, मर्यादित व्यावसायिक र आफुहरुमा भएका कमी कमजोरीहरुलाई पनि सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको संघले जनाएको छ। संघले आगामी दिनमा विज्ञापन व्यवसायीहरूको हक–हित संरक्षण, सीप विकास तथा संस्थागत सुदृढीकरणमा थप सक्रिय भूमिका खेल्ने निर्णयसमेत गरेको छ।


