आज चितवनको कार्यक्रम सकेर रास्वपा सभापति रवि लामिछाने काठमाण्डौ आइपुगे।
२०८२ पौष ०५, शनिबार ।
सकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका लामिछाने उच्च अदालत बुटवलको आदेशपछि हिजोमात्रै धरौटी रकम बुझाएर रिहा भएका थिए । चितवनमा आज शनिबार आयोजना गरिएको सभालाई सम्बोधन गरी काठमाण्डौ फर्केका छन । उक्त सभालाई सम्बोधन गरेर रवि हवाइमार्ग हुँदै काठमाडौं आएका छन।उक्त क्रममा रविले विमानस्थलमै केहीबेर सम्बोधन गरेका थिए । उनलाई विमानस्थलमा बाजागाजासहित समर्थकहरूले स्वागत गरेका छन् ।
साथै, उनले परिवर्तनका लागि नयाँहरू मिल्ने पनि दोहोर्याए । आफू पदका लागि मरिहत्ते नगर्ने र देश र पार्टी बनाउनका लागि लागिपर्ने जिकिर गरे ।
लामिछानेले आजै जेनजी घाइते र शहीद परिवारलाई भेट्ने कार्यक्रम तय छ । उनी विमानस्थलबाट सोझै जेनजी घाइतेहरूलाई भेट्न जाने उनी निकट नेताहरूले बताएका छन् । त्यस्तै, उनलाई भोलि पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।
आज चितवनको कार्यक्रम सकेर रास्वपा सभापति रवि लामिछाने काठमाण्डौ आइपुगे।
1 Min Read

