कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा उच्चस्तरीय संवाद समिति गठन ।
२०८२ पौष ०१, मंगलबार ।
रकारले आगामी फागुन २१ गते को प्रतिनिधि सभा निर्वाचन सुनिश्चित गर्न विभिन्न राजनीतिक दल र सरो कारवालासँग संवाद गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको जानकारी दिनुभयो । संवाद समितिको सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहनुभएको छ । “संवाद समिति गठनको उद्देश्य राजनीतिक दल र सरोकारवाला
निकायसँग सहज रूपमा वार्ता संवाद गरेर चुनाव सुनिश्चित गर्न सकियोस् भन्ने हो,” सञ्चारमन्त्री खरेलले भन्नुभयो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा उच्चस्तरीय संवाद समिति गठन ।
1 Min Read

