निर्वाचन आयोगमा दल दर्ता गराउने समय ४ दिन थपियो ।
२०८२ मंसिर १०, बुधबार ।
निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको जम्मा संख्या १३७ पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगको कात्तिक २८ गतेको निर्णयअनुसार प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता अवधि २०८२ मंसिर १ गतेदेखि १० गतेसम्म तोकेकोमा उक्त अवधिमा १०६ वटा दलबाट निवेदन प्राप्त भइसकेको आयोगले जनाएको छ । साथै केही दलहरु अझै दर्ता गर्ने क्रममा रहेकोले राजनीतिक दल दर्ता गर्ने अवधि ४ दिन थप गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगमा दल दर्ता गराउने समय ४ दिन थपियो ।
1 Min Read


