विवाहपञ्चमी महोत्सवको अबसरमा जनकपुरका विद्यालय तीन दिन बन्द साथै माछामासु बिक्रीमा रोक ।
२०८२ मङ्सिर ०८, सोमबार
त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । भारतको अयोध्या र वृन्दावनबाट साधुसन्त, महन्थ, योगी, सन्न्यासी, व्यापारी, बुद्धिजीवी तथा अन्य क्षेत्रका व्यक्ति जन्तीका रूपमा आएका छन् । विवाहपञ्चमीको पाँचौँ दिन सोमबार जानकीको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ । रामजानकी विवाहपञ्चमीको अवसरमा धेरै भिडभाड हुने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको संस्थागत विद्यालयहरुको संस्थाले जनाएको छ ।
प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर मङ्सिर ८ गतेदेखि १० गते९तीन दिन० विद्यालय बन्द रहने जानकारी गराएका हुन् । विज्ञप्तिमा विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाममा आइतबारदेखि तीन दिनसम्म माछा–मासु र मदिरा बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ । आइतबार राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि रोक लगाएको हो ।

