Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    राष्ट्रिय सभा सदस्य निर्वाचन तेह्र दलले दिए दलदर्ताको निवेदन

    November 24, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ मङ्सिर ०८, सोमबार
    राष्ट्रिय सभा सदस्य निर्वाचन तेह्र दलले दिए दलदर्ताको निवेदन
    राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन १३ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि तोकेको समयसीमाको अन्तिम दिन मात्रै पाँच वटा दलले दर्ताको निवेदन दिएका छन् । माथिल्लो सभामा प्रतिनिधित्व नरहेको तथा नयाँ दलका रूपमा दर्ता भएको श्रम संस्कृति पार्टी, बहुजन शक्ति पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालले समेत दल दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन चाहने दललाई मङ्सिर ७ गतेको समयसीमा तोकेर निवेदन दिन आह्वान गरेको थियो । आयोगले तोकेको समयसीमाभित्र १३ वटा दलले दर्ताको निवेदन दिएको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस् थापन महाशाखाले निवेदन प्राप्त भएको दलको कागजातमाथि अध्ययन गरी सात दिनभित्र दर्ता स्वीकृत गर्ने जनाएको छ । राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुन लागेको १९ सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । प्रदेश सभाका सदस्य तथा नगर र गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सम्मिलित निर्वाचनमण्डलले राष्ट्रिय सभा सदस्य पदका लागि मतदान गर्ने छ । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाललगायतका दलले दर्ताका लागि निवेदन दिएका छन् । आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५६ वटा दलले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको मङ्सिर ६ गतेको निर्णय अनुसार सो दलले राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी दुवै सभाको निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको हो । आयोगमा हालसम्म १३२ वटा दलको दर्ता कायम भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना