दुर्गा प्रसाईंका समर्थक सडकमा आउन सक्ने भन्दै उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ ।
२०८२ मंसिर ०२, मंगलबार ।
दुर्गा प्रसाईंलाई हिजो आफ्नै निवासमा पत्रकार सम्मेलन गरी हिंसा भड्किने खालको अभिव्यक्ति दिएपछि उनलाई मध्यराति भक्तपुरस्थित निबासबाट जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । त्यसपछिको स्थितिलाई मध्यनजर गर्दै सरकारले आज उपत्याकामा सुरक्षा निगरानी बढाएको छ ।
दुर्गा प्रसाई समुहले मंसिर ७ गतेबाट आन्दोलनको गर्ने तयारी गरिरहेका छन । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् । प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ । यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।

