प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलना मुद्दाको पेसी मंसिर ७ मा तोकिएको छ ।
२०८२ मंसिर ०१, सोमबार ।
अन्तरिम सरकारले असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत, र जापानका राजदूतलाई फिर्ता बोलाएको थियो। कात्तिक १६ गते सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो। फेरी सरकारले कात्तिक १७ गते राजदूत पुनः फिर्ता बोलाएर मन्त्रालयमै हाजिर गरी बस्नु भनी परिपत्र गरेपछि अदालतको आदेशको अवहेलना गरेकोमा अधिवक्ता प्रेमराज सिलवालले रिट दायर गरेका थिए। सोही रिटको मुद्दाको पेसी मंसिर ७ गते तोकिएको सर्वोच्चले जनाएको छ।
प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलना मुद्दाको पेसी मंसिर ७ मा तोकिएको छ ।
1 Min Read

