दरबारमार्ग स्थित नेपाल ट्रष्टको जग्गा हिनामिना प्रकरणमा पूर्वसचिव अर्जुन कार्की पक्राउ ।
२०८२ कार्तिक ३०, आइतबार ।
दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ने पक्राउ गरेको छ। सिआईबीले उनलाई शेर्पा समूहअन्तर्गत थामशेर्कु ट्रेकिङलाई नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गको मूल्यवान जमीन लिजमा दिने प्रक्रियामा अनियमितता भएको आशंकामा थुनामा लिएको हो। सिआईबीका प्रमुख एआईजी डा. मनोजकुमार केसीले पूर्वसचिव कार्कीको गिरफ्तारी पुष्टि गर्दै प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धानको दायरा विस्तार गरिएको जानकारी दिनुभयो ।


