एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालनका लागि रक्षा मन्त्रालयलाई पत्रचार ।
२०८२ कार्तिक ३०, आइतबार ।
आज दिउसो गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ पारित परेको छ । गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार बैठकले उक्त निर्णय पारित गरेको हो । । मुख्यतस् निर्वाचनको तयारीमा केन्द्रित रहेको केन्द्रीय सुरक्षा समितिले पारित गर्दै निर्वाचन सुरक्षामा ध्यान दिएको छ ।
उहाँले भन्नुभयो, ‘गत असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ तर्जुमा गर्नको लागि एउटा कार्यदल गठन गरिएको थियो । जसमा सुरक्षा निकायका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । त्यो कार्यदलले आफ्नो प्रतिवेदन बुझाईसकेपछि त्यही प्रतिवेदनमा आधारित रहेर एकीकृत सुरक्षा योजनामाथि व्यापक छलफल गरेर यसलाई स्वीकृत गर्ने निर्णय भएको छ । उक्त योजनामा सुरक्षा निकायहरु कसरी परिचालन हुने, सुरक्षा संवेदनशीलताका हिसाबले जिल्लाहरुबा वर्गिकरण भएर आएका मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरुको परिचालनको विषय र निर्वाचनको समयमा सुरक्षा व्यवस्थापनको सम्बन्धमा सुरक्षाका योजनाहरुलाई तीन तहमा विभाजना गरिएको छ । निर्वाचनपूर्व के गर्ने र? निर्वाचनको समयमा के गर्ने ? र निर्वाचनपश्चात के गर्ने भन्ने विषयहरु पनि छन् भने राजनीतिक अभियानहरु सीमानाकामा हुने अपराधिक कुराहरुको सबै सुरक्षा व्यवस्था योजनामा समावेश गरिएको छ । यी सबै कुरासहित एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ सुरक्षा स्वीकृत गरेको छ । त्यस्तै निर्वाचन प्रयोजनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न भन्दै सुरक्षा परिषद्मा सिफारिस गर्न रक्षा मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि भएको छ ।’ बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका रथी सहभागि हुनुुहुन्थ्यो ।–
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालनका लागि रक्षा मन्त्रालयलाई पत्रचार ।
2 Mins Read

