Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    २०८२ कार्तिक २७, बिहिबारका मुख्य मुख्य खबरहरु ।

    November 13, 20253 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

     

    गृहमन्त्री अर्यालले दुर्गा प्रसाईका वार्ता टोलीसँग भने ‘सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकता’

    व्यवसायी दुर्गा प्रसाईँले नेतृत्व गरेको ‘नागरिक बचाऊ महाअभियान’का प्रतिनिधिको ज्ञापन पत्र बुझ्दै उनले तत्कालीन अप्ठ्यारो परिस्थितिलाई सामान्यीकरण गर्न, शान्ति सुव्यवस्था कायम गर्न, सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन गर्ने प्रमुख उद्देश्यका साथ गठन भएको बताए । दुर्गा प्रसाईँ नेतृत्वमा रहेको नागरिक बचाऊ महाअभियानले ज्ञापन पत्र बुझाउन समय माग गरेर ज्ञापन पत्र बुझाएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

    राष्ट्र बैंक र चिनियाँ कम्पनीबीच ५० रुपैयाँ दरका नोट छाप्नका लागि सम्झौता                            Nepal Rastra Bank directs financial institutions to operate only essential servicesनेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइ, डिजाइन तथा आपूर्तिका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मीन्टिङ कर्पोरेसन, बेइजिङसँग सम्झौता गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार, यो सम्झौता २०८२ साउन २५ गते (तदनुसार ११ अगस्ट २०२५) मा सम्पन्न भएको हो। सम्झौताअनुसार चिनियाँ कम्पनीले नोटको डिजाइन, छपाइ तथा आपूर्तिको सम्पूर्ण जिम्मेवारी लिनेछ। बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एन्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको हो। बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ।

    गुह मन्त्रालय अन्र्तरगत रहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग र निर्वाचन आयोग बिच सहकार्य हुने ।
    राष्ट्रिय परिचयपत्र प्राप्त नागरिकका लागि निर्वाचन आयोगअनलाइनमार्फत मतदाता दर्ता हुने व्यवस्था गरिँदै । सरकारले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकले अनलाइनमार्फत मात्र प्रि(रजिष्ट्रेसन गरेपछि मतदाता नामावलीमा नाम दर्ता हुने व्यवस्था गर्ने तयारी अघि बढाएको छ । हाल मतदाता नामावली दर्ताका लागि नागरिक निर्वाचन कार्यालयमा लामो समय लाइन बस्नुपर्ने, भिडभाड बढेको र पालो पाउन मुस्किल परिरहेको अवस्था छ । यस्तो समस्या समाधानका लागि सरकारले राष्ट्रिय परिचयपत्रका लागि लिइएको बायोमेट्रिक विवरणलाई निर्वाचन आयोगको मतदाता नामावली दर्ता प्रणालीसँग जोड्ने तयारी गरेको हो । विभागले राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली र निर्वाचन आयोगको मतदाता दर्ता प्रणालीबीचको प्राविधिक आबद्धता परीक्षणसमेत पूरा गरिसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

    कतारस्थित नेपाली दूतावासले सेवाग्राहीलाई बिहान ८ पछि मात्रै दूतावास आउन अनुरोध ।                                          कतारस्थित नेपाली दूताबासले सेवाग्राहीलाई बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू दूतावास परिसर वरिपरि आएको विषयमा स्थानीय बासिन्दाले गुनासो गरेको भन्दै दूतावासले ८ बजेपछि मात्रै आउन अनुरोध गरेको हो । नेपाली दूतावास आवासीय क्षेत्रभित्र छ । ‘बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारी साधना पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा होहल्ला गर्ने कार्यले दूतावासको छिमेकमा रहेका बासिन्दालाई असहज परेको भनी बारम्बार गुनासो आइरहेको हुँदा सम्पूर्ण सेवाग्राहीहरूलाई कार्यालय समयलाई ख्याल गरेर मात्रै सेवा लिन आइदिनुहुन,’ जारी सूचनामा भनिएको छ,‘छिटो आउनै पर्ने भए बिहानको ८ बजेपछि मात्रै आइ पुग्न हुन, सेवा लिन सम्बन्धित सेवाग्राही मात्र उपस्थित भइदिनुहुन एवं कार्यालय आसपास लामो समयसम्म अनावश्यक रूपमा बस्ने कार्य नगरिदिनु हनु सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’

    निर्वाचन आचार संहिता लागु हुनु भन्दा अगाडी धमाधम कर्मचारीहरु सरुवा (पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २० शाखा अधिकृतस्तरीय कर्मचारीको सरुवा)                                                                                                               संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो । विभिन्न मन्त्रालयमा कार्यरत थप १० जना शाखा अधिकृतहरूलाई पनि पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य निकायमा सरुवा गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना