मिति २०८२ कार्तिक २५, मंगलबार ।
ऊर्जामन्त्री कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ का ५१ जनाको नामावली निर्वाचन आयोगमा बुझायो ।
पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा ऊर्जामन्त्री कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ दर्ताको लागि अन्तिम ५१ जनाको नामावली सहित निर्वाचन आयोगमा बुझाएको छ । केन्द्रीय सदस्यमा विद्या श्रेष्ठ महर्जन, जितराम लामा, सुशीला कार्की निकट अभियन्ता डा. अभिशेषकुमार सिंह, राजनीतिक अभियन्ता श्री गुरुङ, पहिचानवादी राजनीतिकर्मी डा. महेन्द्र लावती, डाकेन्द्र थेगिम, डा. विशाल भण्डारीलगायत समाजका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरू रहेका छन् । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल ‘उज्यालो नेपाल पार्टी’ नामक दलले निर्वाचन आयोगमा पार्टी विधान र केन्द्रीय कमिटीको सूची बुझाएको छ ।


