Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    मिति २०८२ कार्तिक २१, शुक्रबारका मुख्य मुख्य १० खबरहरु ।

    November 7, 20254 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मिति २०८२ कार्तिक २१, शुक्रबारका मुख्य मुख्य १० खबरहरु ।
    १.राष्ट्रपति स्वदेश फिर्ता ।
    राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर बिहीबार स्वदेश फर्कनुभएको छ । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सुरक्षा निकायका प्रमुखहरूले सामूहिक रूपमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । कतारका अमिर सेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गर्नुभएको थियो । उहाँका साथमा प्रथम महिला सविता पौडेलसहित नेपाल सरकारका उच्च अधिकारी सहभागी रहनुभएको थियो ।
    २. एक थोपा रगत नबग्ने र एकजना घाइते नहुने गरी चुनाव गराउने प्रयासमा छु : प्रम कार्की
    द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिइन् । ‘हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो। यसैमा केन्द्रित छौँ। स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकको पनि भूमिका रहन्छ। यहाँहरुको उपस्थितिले निर्वाचन सुरु भइसकेको अनुभूति गराएको छ। ’ प्रधानमन्त्री कार्कीले भनिन् ।
    ३.सुधनलाई रक्षा बमको जवाफ – गृहमन्त्रीको राजीनामा हैन, परिणाम र काम चाहन्छौँ ।
    ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेलगत्तै नेपाल जेन-जी फ्रन्टकी संयोजक रक्षा बमले अहिले गृहमन्त्रीको राजीनामा प्रधान विषय नभएको आशय व्यक्त गरेकी छन् ।
    ४. भारतसँगको सम्झौताबारे मन्त्रालयको प्रष्टोक्ति-ट्रान्समिसन शुल्कको हिस्सेदार विद्युत प्राधिकरण पनि हुन्छ ।
    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतसँग अन्तरदेशीय विद्युत प्रसारण लाइन सम्झौताबारे प्रेस विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको छ । मिडियामा आएका समाचार भ्रामक रहेको भन्दै नेपाल र भारतबीच यसअघि भएका सम्झौतामा थप लगानी गर्न २५ वर्षका लागि ‘क्यापासिटी बुकिङ’ गरेको मन्त्रालयको भनाइ छ ।
    ५.राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु हुँदै ।
    विस्तारित बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभागका पदाधिकारी, प्रदेश सचिवालय, जिल्ला तथा पालिका अध्यक्ष गरि ५ सय १२ जना प्रतिनिधि सहभागी हुँदैछन् । विस्तारित बैठकको तयारीका सम्बन्धमा आज जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले राजनीतिक, सांगठनिक तथा निर्वाचन केन्द्रित छलफल हुने जानकारी दिए । उनले पत्रकारहरुसँग कुरा गर्दै वर्तमान राजनीतिक विषम परिवेश र घोषित निर्वाचन केन्द्रित छलफल हुनेतर्फ संकेत गरेका थिए ।
    ६. बालेनविरुद्ध जाहेरी लिएर साइबर ब्युरोमा युवा संघ ।
    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले लेखेको एउटा स्टाटसलाई लिएर एमाले निकट युवा संघले प्रहरीमा जाहेरी दिएको छ । उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै विद्युतीय अपराध अन्तर्गत प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकाछन ।
    ७.अध्यादेशले सहकारीकर्मीको दोहोरो, तेहरो पद खारेज गर्ने ।
    सरकारले सहकारी क्षेत्रका समस्या समाधान गर्नका लागि ल्याउने अध्यादेशले दोहोरोरतेहरो पदको विषयमा पनि स्पष्ट पार्ने भएको छ । सहकारीको समस्या दोहोरिन नदिन सरकारले एक व्यक्ति, एक पदमा मात्रै बस्न पाउने व्यवस्था अध्यादेश मार्फत गर्न लागेको हो । पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको सुशासनको कमी, वित्तीय अपचलन तथा ठगीका समस्या बढ्दा सर्वसाधारणको बचत नै जोखिममा परेको छ । लामो समयदेखि सर्वसाधारणले आफ्नो बचत फिर्ता लिनका लागि आन्दोलन समेत गर्दै आएका छन् ।
    ८. अब देखि प्यान कार्ड स्थानीय निकायबाटै उपलब्ध हुने ।
    सरकारले करदाता सेवा कार्यालय बन्द गरेपछि अब देखि प्यान कार्ड स्थानीय निकायबाट उपलब्ध गराउने भएको छ ।
    ९.जाँचबुझमा असहयोग गरेको भन्दै आईजीपी खापुङलाई ५ सय रुपैयाँ जरिबानाको प्रस्ताव
    जेनजी आन्दोलनमा भदौ २३ गते भएको दमन र २४ गतेको आगजनी लगायतका घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले अनुसन्धानमा श्रृङ्खलाबद्ध असहयोग गरेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई पाँच सय रुपैयाँ जरिबानाको प्रस्ताव गरेको छ । आयोगले बुधबार आईजीपी खापुङलाई अनुसन्धानमा निरन्तर असहयोग गरेको आरोपमा सोधेको स्पष्टीकरणमा पाँच सय रुपैयाँ जरिबानाको प्रस्ताव नै रहेको प्रहरी मुख्यालय सम्बद्ध स्रोतले बतायो ।
    १०. स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट रंगशालाको फ्लडलाइट जडान ।
    काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको काम भइरहेको छ । १६०० वाटको ७० वटा बत्ती एउटा टावरमा जडान हुनेछ । ६ वटा टावरमा कूल ६ लाख ७२ हजार वाट क्षमताको लाइटले त्रिवि मैदानमा प्रकाश दिनेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना