Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    २०८२ कार्तिक १८, मंगलबारका बिहानी खबरहरु

    November 4, 20254 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ कार्तिक १८, मंगलबारका बिहानी खबरहरु

    १.हिजो बसेको मन्त्रीपरिषदका मुख्य निर्णयहरु
    क. आन्दोलका क्रममा मृत्यु भएका मध्ये ४५ जनालाई शहीद घोषणा
    ख. बेपता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप कोष नियमावली २०८२ स्वीकृत,
    ग. विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरुलाई सहयोग उपलव्ध गराउन आवश्यक पर्ने रकम ५ करोड ३० लाख बिपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय,
    घ. बैदेशीक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय ।

    २. सरकारले गरेको राजदूत फिर्ता सम्बन्धी निर्णय सर्वोच्च अदालतले कार्यान्वयन नगर्नु भनेपछि सरकारले अर्को व्यवस्था नभएसम्म परराष्ट्र मन्त्रालयमा हाजिर हुनेगरी आउन पत्राचार ।
    सरकारले पुन मन्त्रालयमै हाजिर हुने गरी फिर्ता हुन भनेको हो । फिर्ता बोलाइएका राजदूतहरूमा नरेशविक्रम ढकाल (साउदी अरब), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित ( इजरायल), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), कृष्णप्रसाद ओली (चीन), जंगबहादुर चौहान (रुस), सनिल नेपाल (स्पेन), दुर्गाबहादुर सुवेदी (जापान), चन्द्रकुमार घिमिरे (बेलायत), र लोकदर्शन रेग्मी (अमेरिका) छन्।
    ३.तत्कालीन किष्ट बैंकका सीईओ कमल ज्ञवालीको बन्दी प्रत्यक्षीकरण रिट जारी
    सर्वोच्च अदालतले तत्कालीन किष्ट बैंकका कार्यकारी निर्देशक कमलप्रसाद ज्ञवालीको बन्दी प्रत्यक्षीकरणको रिट जारी भएको छ । लामोदेखी डिल्लीबजार कारागारमा रहेका कमल ज्ञवालीकी पत्नी गौरी खनालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा फैसला गर्दै न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले पक्षमा आदेश दिएको हो । आदेशको पूर्णपाठ भने आइसकेको छैन । ज्ञवाली हाल छन् ।
    ४. प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता
    उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे भेटवार्तमा सहभागी थिए ।
    ५. टीओबी समूहका तेन्जिनको नागरीता नक्कली, न बाबुले छोरा चिने, न छोराले बाबु
    टीओबी (तिब्बतीयन ओरिजिनल ब्लड) समूहका सदस्य तेन्जिन दावा लामाको नागरिकतामाथि अनुसन्धान गरेको प्रहरीले नागरिकतामा बाबु उल्लेख भएका व्यक्तिको समेत पहिचान गरी अनुसन्धान अघि बढाएको छ ।
    ६. कुलमानको निर्णयविरूद्ध हितेन्द्रदेवले गुहारे अदालत ।
    नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निर्णयविरूद्ध अदालत गएका छन्। मन्त्री घिसिङले आफूलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको निर्णयविरूद्ध शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन।
    ७. सहसचिव र उपसचिवको विज्ञापन स्थगित
    लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी ९सहसचिव० र द्वितीय श्रेणी ९उपसचिव० पदका विज्ञापनसम्बन्धी दरखास्त संकलनलगायतका सम्पूर्ण कार्यकारवाही स्थगन गरेको छ।
    आयोगले आइतबार सूचना प्रकाशित गर्दै प्रशासन सेवाअन्तर्गत खुला, महिला, आदिवासी(जनजाति, मधेसी, दलित तथा अन्य समावेशी समूहका लागि जारी विज्ञापनहरू रद्द गरिएको जानकारी दिएको हो। आयोगले असोज २९ गते प्रकाशित बढुवा, आन्तरिक प्रतियोगिता तथा खुलारसमावेशी समूहका विज्ञापनहरूबारे उच्च अदालत पाटनले कार्तिक १२ र १४ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्ने क्रममा उक्त विज्ञापनका दरखास्त संकलनलगायतका सम्पूर्ण प्रक्रिया अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि यथास्थितिमा राख्ने निर्णय गरेको जनाएको छ।
    ८.पञ्चकन्या ग्रुप सहित चार उद्योगले तिरे विद्युत महसुल बक्यौताको किस्ता, काटिएको लाइन जोडियो ।
    ९. दालखामा हिमपहिरोको कारणले तीन जनाको मृत्यु, आठ जना बेपत्ता,
    दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ । आठ जना पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका चार जनाको उद्धारका लागि हेलिकोप्टर नागाउँमा अवतरण गरिसकेको छ । हिमपहिरोमा परेर घाइते भएका र मृत्यु भएकाको शव लिनका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी गरी करिब ५० जनाको टोली घटनास्थलतर्फ गएको दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो । प्रतिकूल मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न नसकेको उहाँले जानकारी दिनुभयो । स्रोत गोरखापत्र दैनिक
    १०. जेनजी आन्दोलनमा मारिएकामध्ये सरकारले घोषणा गरेका ४५ जना शहीद
    हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको थियो ।सूचीसहित जसमा बुद्धिबहादुर तामाङ कीर्तिपुर –२ काठमाडौं, सन्तोष विश्वकर्मा बेलका–४ उदयपुर, सुलभ राज श्रेष्ठ नेपालगञ्ज–१ बाँके, श्रीयम चौलागाई बेलबारी–११ मोरङ ईस्वतबहादुर अधिकारी कामपा–११ काठमाडौं, आयुष थापा नेपालगज–१ बाँके, गौरव जोशी धनगढी–५ कैलाली, योग बहादुर श्रेष्ठ बारविसे–६ सिन्धुपाल्चोक, माधव सारूमगर भूमिकास्थान–४ अर्घाखाँची, बिमल बाबु भट्ट बारपाक सुलिकोट–५ गोरखा, असहाव आलम ठकुराई वीरगञ्ज–१२ पर्सा, सौरन किशोर श्रेष्ठ बाग्लुङ–४ बाग्लुङ, सुभाष कुमार बोहरा खप्तडछान्ना–७ बझाङ, र सिक खतिवडा खत्री पनौति–१० काभ्रे , बिनोद महर्जन ललितपुर –७ ललितपुर, दिल नारायण तामाङ तिमाल–७ काभ्रे, योगेन्द्र न्यौपाने गोलान्जोर –१ सिन्धुली, अभिषेक श्रेष्ठ इनरुवा नपा–६ सुनसरी, मोहन सरदार इटहरी–१४ सुनसरी, छत्रमान कुथुमी पाख्रिबास–२ धनकुटा, ओझन बुढा स्वामिकार्तिक खापर –२ बाजुरा, साजन राई धरान–२२ सुनसरी, अनिश पराजुली पालुङटार –३ गोरखा, सार कुमार राई चौदन्डीगढी–३ उदयपुर, अर्जुन भट्ट गण्डकी–४ गोर्खा, धिरज श्रेष्ठ तादी–३ नुवाकोट, देव कुमार सुवेदी लालबन्दी–५ सर्लाही, उमेश महत चौतारा साँगाचोक–८ सिन्धुपाल्चोक, प्रविण कुलुङ सिलिचुङ–३ संखुवासभा, निखिता गौतम कालिका–८ चितवन, अभिषेक चौलागाई शैलुङ–४ दोलखा, बिजय चौधरी लहान–१५ सिरहा, भिमराज धामी दुर्गाथली–१ बझाङ, निरज पन्त दशरथ–६ बैतडी, दीपक सिंह साउद शिवनाथ–२ बैतडी, शुभराज बलामी श्रेष्ठ ककनी–१ नुवाकोट, ज्ञानिन्द्र सेढाई अर्जुनधारा–११ झापा, दिनेश राजवंशी अर्जुनधारा–८ झापा, कमल भण्डारी हिलिहाङ–२ पाँचथर, दिपेश सुनुवार तिनपाटन–६ सिन्धुली, महेश बुढाथोकी विगु–३ दोलखा, लच्छुमान राई पञ्चकन्या–२ नुवाकोट, मिलन राय दुधौली–८ सिन्धुली, अमृत गुरुङ रुपा–५ कास्की र उत्तम थापा लेकाम–३ दार्चुला ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना