२०८२ कार्तिक १७, सोमबारका मुख्य मुख्य खबरहरु
१. शहरी विकास मन्त्री कुलमान घिसिङको नेतृत्वमा बन्चरेडाडामा फोरह फाल्ने विषयमा सहमती जुठ्यो ।
२. राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
जेन जी आन्दोलन पछि बनेको अन्तरिम सरकारले गरेको राजदुत फिर्ता सम्बन्धि निर्णयमा सर्वोच्च अदालतले तत्काल कायम नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो । सरकारले गत असोज ३० गते विभिन्न ११ देशका राजदूतहरू फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै पत्रकार सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
३. हर्क साम्पाङको पार्टीले कानुनी मान्यता पायो ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खोलेको ‘श्रम संस्कृति पार्टीले आजदेखि औपचारिकता पाएको छ । आज निर्वाचन आयोगले दल दर्ताको मान्यतासहित प्रमाणपत्र उपलब्ध गराएपछि मान्यता पाएको छ। आयोगमा २ सय ४ नम्बरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका( ४ मा रहने प्रमाणपत्रमा उल्लेख छ ।
४. सोर्स फोर्सका आधारमा वायुसेवा निगममा करारमा भर्ना गरिएका करारका कर्मचारी तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर सोर्स फोर्सका आधारमा वायुसेवा निगममा करारमा भर्ना गरिएका करारका कर्मचारी तत्काल हटाउन प्रधानमन्त्रीले निर्देशन दिएकी छन।
५. थापाथलीमा रहेको प्रहरी प्रभाग भत्काउन गएका नगर प्रहरी सिडिओको पत्राचारपछि रोकियो ।
सम्पदा क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने भनि आज बिहान काठमाण्डौ महानगर प्रहरीको टोली थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा पुगेको थियो। तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पत्राचारपछि नभत्काई फर्किएको छ। नगर प्रहरीको टोली त्यहाँ पुगेको काठमाडौं महानगरका डिएसपी पूर्णचन्द्र भट्टले बताएका थिए।
६. नेप्सेमा दोहोरो अंकको वृद्धि,
आइतबार सेयर बजारमा नेप्से परिसूचक ३०ः७५ अंकले बढेर २६३१ विन्दुमा पुगेको हो। आज आइतबार नौ अर्ब २० करोड रूपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै वृद्धि वित्त कम्पनी समूह र जीवन बीमा कम्पनी समूहमा देखिएको छ।
७. शिक्षा मन्त्रालय केशर महलबाट सिंहदरबारमै सर्यो ।
जेनजी आन्दोलनमा क्षती भएपछि मिति २०८२ असोज ३१ गतेबाट केशर महलबाट सञ्चालन भएको शिक्षा मन्त्रालय आजबाट पूःन सिंहदरबारभित्रैकै भवनमा सरेको छ।
८. मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री – हाम्रो मुलुक हामीले नै सुधार्ने हो, मिलेर समाधान गरौँ
प्रधानमन्त्री सुशीला कार्कीले हिजो भएको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त रूपमा छलफल गरिन् । मुलुकको वर्तमान अवस्था, निर्वाचनको विषय र प्रदेशका समस्याहरूबारे प्रधानमन्त्रीले खुलेर संवाद गरिन् । प्रदेशका मुख्यमन्त्रीहरूले पनि समस्या, चुनौती र सुझावहरू राखेका थिए । मुलुक निर्माणमा सबै गम्भीर बन्नुपर्ने प्रधानमन्त्रीको सन्देश थियो।

