Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    प्रहरी महानिरीक्षक नियुक्ति: बरीयतामा पहिलो, कार्यसम्पादनमा उत्कृष्ट दानबहादुर कार्की नै निर्विवाद विकल्प

    October 30, 20255 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    २०८२ कार्तिक १३, बिहिबार ।
    प्रहरी महानिरीक्षक नियुक्ति: बरीयतामा पहिलो, कार्यसम्पादनमा उत्कृष्ट दानबहादुर कार्की नै निर्विवाद विकल्प
    नेपाल प्रहरीको नेतृत्व केवल प्रशासनिक हैसियत होइन -यो राष्ट्रको कानुन, न्याय र सुशासनको मेरुदण्ड हो। त्यसैले प्रहरी महानिरीक्षक (आईजीपी) को चयन सदैव संवैधानिक प्रक्रिया, बरीयताको सिद्धान्त, र व्यावसायिक निष्पक्षतामा आधारित हुनुपर्छ। त्यही मापदण्डका आधारमा हालको अवस्थामा बरीयतामा पहिलो र कार्यसम्पादनमा उत्कृष्ट देखिएका अधिकारी दान बहादुर कार्की नै प्रहरी महानिरीक्षकका योग्य र निर्विवाद उम्मेदवार हुन्।Senior Superintendent Karki is the new spokesperson of Nepal ...
    सर्वोच्च अदालतको आदेश र कानुनी सिद्धान्त
    स्मरणीय छ, २०७३ सालमा प्रहरी महानिरीक्षक नियुक्ति विवादसम्बन्धी रिट नं. ०७३–WF–००२२ र ०७३–WO–०८३२ मा अधिवक्ता कपिलदेव ढकाल र नवराज सिलवाल द्वारा दायर मुद्दामा सर्वोच्च अदालतले ऐतिहासिक आदेश दिएको थियो। अदालतले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७३/११/१ को निर्णयलाई रोक्दै यस्तो आदेश दिएको थियो:
    “नेपाल सरकारको सो मितिको निर्णय तत्काल कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु, नियुक्ति दिने, दिलाउने, पदबहाली गर्ने, गराउने लगायतका कुनै कार्य नगर्नु भनी अन्तरिम आदेश जारी गरियो।”
    यो आदेशले स्पष्ट रूपमा जनायो –
    सरकारले बरीयतामा अगाडि रहेका अधिकारीलाई पन्छ्याएर मनोमानी निर्णय गर्न सक्दैन। नियुक्ति वा पदोन्नति प्रक्रिया न्यायिक परीक्षण (Judicial Scrutiny) को अधीनमा पर्छ। यसले प्रहरी संस्थाको स्थायित्व र जनविश्वासमा सीधा असर पार्ने हुँदा संविधान र सर्वोच्चको आदेशको मर्म विपरीत निर्णय गर्नु अस्वीकार्य हुन्छ।
    दान बहादुर कार्की – इमानदार र सक्षम नेतृत्वको प्रतीक कसरी हुन त?
    १. प्रहरी बेसिक तालिम बाटै उत्कृष्ट प्रदर्शन – “सर्वोत्कृष्ट ( अल राउन्डर) प्रशिक्षार्थी” का रूपमा सम्मानित।
    २. बानेश्वर वृत्तमा डीएसपी रहँदा ‘दुगडधारा तोरीको तेल प्रकरण’ ( जो तत्कालीन अवस्थामा निकै शक्तिशाली घरानियाँ थिए)सुल्झाउने निर्भीक साहसिक कार्यशैली।
    ३. काठमाडौं ट्राफिक प्रहरी प्रमुखका रूपमा ध्वनि प्रदूषण नियन्त्रणका लागि “हर्न निषेध अभियान” सफलतापूर्वक कार्यान्वयन।
    ४. संयुक्त राष्ट्रसंघ (UN) शान्ति मिसनमा सहभागिता – दुईवटा FPU र धेरैवटा IPO मिसनमा उत्कृष्ट योगदान।
    ५. एसपीको रूपमा दीपक मनाङे पक्राउ प्रकरणमा निर्णायक भूमिका।
    ६. फरार अपराधीहरूलाई विदेशबाट ल्याउने अभियान प्रारम्भ गर्ने पहिलो प्रहरी अधिकारी।
    ७. काठमाडौं एसएसपी हुँदा ‘भुटानी शरणार्थी प्रकरण’को सफल अनुसन्धान र कानुनी कारबाहीको नेतृत्व।
    ८. पाँच-छ जना आईजीपीहरूको स्टाफ अफिसरका रूपमा काम गर्दै संगठनात्मक नेतृत्वको गहिरो अनुभव।
    ९) लुम्बिनी प्रदेश प्रमुखको रुपमा छोटो अवधिमै सुशासन र पारदर्शिता ल्याउन उल्लेखनीय भूमिका निर्वाह गर्न सफल हुँदा सर्वत्र प्रशंसा।
    १०. संगठनभित्र प्रभावकारी जनशक्ति व्यवस्थापन र नेतृत्व क्षमता।
    ११. निर्वाचन अवधिमा जिम्मेवारीपूर्वक कमाण्ड क्षमता प्रदर्शन।
                    भुटानी शरणार्थी प्रकरणमा कानुन सबैका लागि समान हो भन्ने सिद्धान्तमा अडिग रही कारबाही अघि बढाएका कारण ठुला नेता तथा मन्त्री समेत कारबाही प्रक्रिया अघि बढाएकोमा सरकार परिवर्तनसँगै उहाँको सरुवा समेत गरिएको थियो ।त्यस्तो कुरा जगजाहेर हुँदासमेत कतिपयले तत्कालीन उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखले मात्र भुटानी शरणार्थी मुद्दामा कारबाही गरेको जस्तो गरी प्रचार गरिएको देखिन्छ।तत्कालीन अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मुद्दाको उठान जरुर गरेको हो। तर, थप अनुसन्धान तथा अभियोजन परिसर काठमाडौँ बाटै भएको यथार्थता कतै लुकाएर लुक्दैन। यस्ता वास्तविकता आम नागरिकले जानकारी पाउँदा नै सबैको सही मुल्यांकन हुन्छ । उक्त बखत गरिएको आकस्मिक सरुवाले सरकार जनस्तरमा निकै आलोचित भयो जसका कारण कार्कीको इमानदार छविमा कुनै आँच पुगेन उल्टै जनस्तरमा सम्मान बढाएको पाइन्छ भने बरियतासँगै उहाँको व्यावसायिक निष्ठा, अनुशासन, र परिणाममुखी दृष्टिकोणले उहाँलाई संगठनभित्र उच्च सम्मान दिलाएको छ।
    प्रहरी नियमावली र नियुक्तिका मापदण्ड
    प्रहरी नियमावली, २०७१ को नियम ४१ अनुसार नेपाल सरकारले प्रहरी महानिरीक्षक नियुक्त गर्दा निम्न ६ मापदण्ड अनिवार्यरूपमा विचार गर्नुपर्छ –
    १. ज्येष्ठता
    २. कार्यकुशलता
    ३. कार्यक्षमता
    ४. उत्तरदायित्व वहन गर्न सक्ने क्षमता
    ५. नेतृत्व प्रदान गर्न सक्ने कुशलता
    ६. मातहत प्रहरीलाई प्रेरित र परिचालित गर्न सक्ने सामर्थ्य
    यी सबै मापदण्डका आधारमा वस्तुगत परीक्षण गर्दा दानबहादुर कार्की नै सबैभन्दा योग्य उम्मेदवार देखिन्छन्।
    न्यायिक मिसाल र संस्थागत स्थायित्व
    सर्वोच्च अदालतको आदेश केवल तत्कालीन विवाद समाधानका लागि नभई भविष्यका नियुक्ति निर्णयहरूका लागि पनि न्यायिक दिशानिर्देश (Judicial Precedent) हो। त्यो आदेशको मर्म स्पष्ट छ – “निर्णय योग्यताका आधारमा होस्, राजनीतिक वा व्यक्तिगत हस्तक्षेपबाट होइन।”                                                                                                                                               उक्त आदेश सर्बोच्च अदालतको बृहत् पुर्ण इजलास बाट गरिएको थियो । संयोगवश, आज त्यही आदेश दिने व्यक्ति नै प्रधानमन्त्रीको रूपमा त्यसको कार्यान्वयन सुनिश्चित गर्ने स्थानमा हुनुहुँदा, र अर्का तत्कालीन न्यायाधीश कानुन मन्त्रीको रुपमा रहँदा स्वभावतः प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रियामा निष्पक्षता र पारदर्शिता कायम हुने विश्वास गर्न सकिन्छ। यदि बरीयतामा पहिलो अधिकारीलाई पुनः पन्छ्याइयो भने, त्यो न केवल न्यायिक मिसालको उल्लङ्घन हुनेछ, तर संविधानको मर्म र विधिको शासन (Rule of Law) माथि पनि ठेस पुग्नेछ।
    निष्कर्ष – अब निष्पक्ष निर्णयको समय
    नेपाल प्रहरीलाई अब इमानदार, निष्पक्ष र योग्यता–आधारित नेतृत्व आवश्यक छ।
    बरीयताको सिद्धान्त, सर्वोच्च अदालतको व्याख्या, र कार्कीको कार्यसम्पादन, यी तीनै पक्ष एउटै दिशामा संकेत गर्छन् ,दान बहादुर कार्की नै प्रहरी महानिरीक्षक पदका लागि सबैभन्दा योग्य, इमानदार र वैधानिक विकल्प हुन्।                                                     सरकार अहिले शुशासन र पारदर्शिताको म्यान्डेटका साथ अघि बढिरहेको छ। प्रधानमन्त्री र कानुन मन्त्री स्वयं विगतमा सोही आदेशका निर्णायक रहेको र गृहमन्त्री समेत कानुनको बिज्ञ जानकार भएकोले निष्पक्ष निर्णय हुने विश्वास प्रबल छ। देशले इमानदार र पेशागत र देशलाई आबश्यक पर्दा डटेर समय अनुसारको निर्णय गरि कमान्ड गर्न सक्ने सक्षम नेतृत्व खोजिरहेको यो संक्रमणकालिन समयमा बरीयतामा पहिलो, कार्यसम्पादनमा उत्कृष्ट , चरित्रमा निर्भीक र कमान्ड कन्ट्रोल भएका दान बहादुर कार्की नै प्रहरी नेतृत्वको वर्तमान अवस्थाका लागि निर्विवाद विकल्प हुन्।
    तसर्थ
    नेपाल प्रहरीमा प्रवेश गरेदेखि नै आफ्नो ब्याजमा सधैँ एक नम्बर बरीयतामा रहेका ,आफ्ना सबै जिम्मेवारीहरू उत्कृष्ट रूपमा पूरा गर्दै आएका, निडर, स्वाभिमानी र व्यावसायिक अधिकारीका रूपमा दान बहादुर कार्की स्थापित छन्।उहाँमाथि अहिले भइरहेको कतिपय चलखेल र भ्रम सिर्जना गर्ने प्रयासहरू केवल स्वार्थपरक र असान्दर्भिक देखिन्छन्।राष्ट्र, संगठन, र कानुनको सम्मान गर्ने नेतृत्वका रूपमा उहाँको भूमिका नै संस्थागत सुशासनको ग्यारेन्टी हो।  भदौ २३ र २४ मा भएको जेन जी आन्दोलनको भावना, मर्म अनुसार पनि मेरिटको आधारमा नियुक्ती हुनुपर्नेमा कुनै दुविधा छैन । अधिवक्ता गोविन्द पन्थी/NewsofNepal
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना