२०८२ कार्तिक ११ गते मंगलबारका मुख्य मुख्य समाचारहरु हेर्नुहोस, पढनुहोस ।
१. गोली लागेर ३९ जना मारिएकोमा सबै जसोलाई कम्मरमाथि प्रहार भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि शिर्सकमा आजको कान्तिपुरमा खबर छापिएको छ प्रहरीको गोली लागेर पहिलो दिन २२ जना र दोस्रो दिन १७ जना प्रदर्शनकारीको मृत्यु भएको थियो। काठमाडौँ उपत्यकामा गोली लागेर ३५ जना मारिएकोमा १९ जनाको छातीमा १० जनाको टाउकोमा र ४ जनाको पेटमा र दुई जनाको घाटीमा गोली लागेको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ । शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरी भन्छन् सबैजसो मृतकको कमर माथि नै गोली लागेको भेटियो त्यसमा पनि धेरैको छातीमा गोली लागेको छ। टाउकोमा पनि गोली लागेको छ एक जनालाई तीनवटा रबर बुलेट लागेको देखिन्छ अरु सबैको शरीरमा मेटल बुलेट लागेको देखिन्छ एउटा सबमा भने छाती र घाँटीमा तीनवटा रबर बुलेट लागेको पायौं त्रिविशिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्ट अनुसार गोली लागेर मारिएका सबैलाई हाइ भोलिभोलोसिटी भेलोसिटी राइफल लगायतका घातक हतियारबाट गोली प्रहार गरेको डाक्टर चौधरीले बताएका छन्
२.राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीले छटपर्वको उपलक्ष्यमा पूजाआजा गर्नुभएको छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका थिए भने प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमलपोखरीमा गएर छठ पर्वको पूजाआजामा सरिक भएकी छन् । त्यस क्रममा उनले कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् ।
३.भदौ २४ को प्रदर्शनमा क्षति पुगेका सर्वोच्च र अन्य अदालतले प्रहरीमा जाहेरी दिने, प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित २३ वटा अदालतमा क्षति भएको छ ।
देशभरका अदालतमा २४ भदौमा भएको तोडफोडको घटनामा जाहेरी दिइने भएको छ । आइतबार बसेको फूलकोर्टको बैठकले क्षति भएका सबै अदालतको जाहेरी प्रहरी कार्यालयमा अनुसन्धानका लागि जाहेरी दिने निर्णय गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले क्षति पुगेका सबै अदालतले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने र आफूसँग भएको प्रमाण उपलब्ध गराउने जानकारी दिए । अदालतले कसैको नाम नतोकी अनुसन्धानका लागि जाहेरी दिने उनले बताए । आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित २३ वटा अदालतमा क्षति भएको छ । यो क्षतिको तीन वर्गमा छुट्याइएको छ । पूर्ण क्षति, सामान्य र आंशिक क्षति गरेर अदाललते विभाजन गरेको छ ।
४. भदौ २३–२४ को घटना जाँचबुझ आयोगले एनजीओ र आईएनजीओको एक वर्षको वैदेशिक सहायताबारे अध्ययन गर्ने
५. जेन-जी आन्दोलनमा क्षति भएको सवारी साधन खरिद गर्न ८० प्रतिशतसम्म ऋण
‘जेन-जी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ,’ परिपत्रमा भनिएको छ ।
६. नेपालले थ्री नेसन्स कपमा सोमबार भारतमाथि २–१ को जित ।
सिलोङको जवाहरलाल नेहरू स्टेडियममा भएको थ्री नेसन्स कपमा सोमबार भारतमाथि नेपालले २–१ को जित निकालेको छ । उक्त खेलमा नेपाली महिला राष्ट्रिय टिमको कप्तान सावित्रा भण्डारी नायक रहिन् र उनले दुवै गोल गरिन् । यससँगै महिला अन्तर्राष्ट्रिय फुटबलमा भारतमाथि नेपालको पछिल्लो समयको प्रभुत्व कायम रह्यो । एसिया कपमा छनोट भएको भारतमाथिको यो जितले नेपाली फुटबल उत्साहित रहनेछ ।
सावित्राको नेपालका लागि ५९ खेलमा ६८ औं गोल हो । भारतविरुद्ध मात्रै उनको व्यक्तिगत गोल संख्या १० पुगेको छ । यस जितसँगै नेपालले तीन टिम सम्मिलित प्रतियोगिताको सुखद् अन्त्य गरेको छ । नेपालको दुई खेलबाट तीन अंक भएको छ भने भारत शून्य अंकमा पुछारमा रह्यो । इरानले यसअघि नै दुवै खेल जितेर उपाधि चुमिसकेको छ ।
७. अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो,
हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व मनाइएको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
यस पर्वलाई व्रतालुहरुले आज मंगलबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेको क्रम दोहोर्याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व सम्पन्न गर्नेछन् ।
८.किस्ट अस्पताल र आफन्तबीच सहमति, अस्पतालले सन्तानको जिम्मा लिने
अस्पतालले नौ वर्षीया जेठी छोरी र नवजात शिशुको पालनपोषण तथा अध्ययनका लागि सहयोग गर्ने सहमतिपछि मृतकका आफन्तले आन्दोलन नगर्ने र शव बुझ्ने निर्णय गरेको ललितपुर जिल्ला प्रहरी परिसरको प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
९.वर्षा र हिमपातको सम्भावना
किसानको खेतीलाई सकारात्मक र नकारात्मक दुवैखालको असर पर्ने गरी अबको केही दिन नेपालमा वर्षा र हिमपात हुने भएको छ । अरब सागर र बङ्गालको खाडी दुवैतर्फ बनेको न्यूनचापीय प्रणालीका कारण नेपालमा अबको केही दिन बदलीसहित वर्षा र हिमपात हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई प्रणालीको असरले सोमबार रातिदेखि पश्चिम नेपाल हुँदै वर्षा सुरु भएको छ, जसले यतिबेला धान काट्ने, छाँट्ने, झार्न व्यस्त रहेका किसान प्रभावित हुने भएका छन् । यस प्रणालीको असरले बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न भूभागमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविद् डेविड ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारीदेखि मध्यमसम्मको हिमपात हुँदा देशभर चिसो बढ्ने छ । चिसोले जनजीवनमा असर पार्न सुरु हुने भएकाले सचेत रहन भनिएको छ । कृषि मौसमविद् रामेश्वर रिमालले काटेका धानको सुरक्षा गर्न किसानलाई सुझाव दिनुभएको
छ । खेतमै रहेका धानलाई छापो हालेर जोगाउन, झारिसकेको भए केही दिन भकारीमा राख्न भनिएको छ । तथापि यस प्रणालीले हिउँदे तरकारी बालीलाई भने राहत दिने छ । सुक्खा पाखोबारीमा
लगाइने हिउँदे तरकारी बालीका लागि यो वर्षा अमृतसरह हुने छ । किसानले भर्खरै रोपेका आलुका बेर्नाका लागि पनि वर्षाले राहत दिने छ । हिमाली भेगमा लगाइएका आलुका लागि भने छापो हालेर जोगाउनुपर्ने भएकाले सजग रहन उहाँले सुझाउनुभएको छ । त्यस्तै भर्खर हुर्कंदै गरेका तरकारीका बेर्नालाई न्यानो दिएर राख्नुपर्ने छ
१०. स्याङ्जामा अभद्र व्यवहार गर्ने पक्राउ
पुतलीबजार नगरपालिका–३, बाढखोलामा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहार गरेको आरोपमा पुतलीबजार–३, बाढखोला बस्ने ३० वर्षीय सौगिल गुरुङ र ३२ वर्षीय सौजन गुरुङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो । कात्तिक ७ गते राति देउसीभैलो कार्यव्रmम चलिरहेका बेला सुरक्षार्थ खटिएका महिला प्रहरी कर्मचारीसँग केही व्यक्तिबिच वादविवाद भएपछि सम्झाइबुझाइ गर्दा महिला प्रहरीलाई अभद्र व्यवहार गरे का थिए । सम्झाइबुझाइका क्रममा समेत उनीहरूले संयमित नभई महिला प्रहरीमाथि
अभद्र व्यवहार गरे को तिवारीले बताउनभुयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको तिवारीले बताउनुभयो ।
११. विद्युत् लाइन काटिए पछि उद्योग बन्द, मजदुर कामविहीन
विद्युत् लाइन काटिएका उद्योग
१.हिमाल आइरन २. त्रिवेणी सिन्थेटिक यार्न ३. कसमस सिमेन्ट
४. पञ्चकन्या स्टिल ५.श्याम प्लास्टिक ६. गोयन्का फुड्स
७.एसआर स्टिल ८. पञ्चकन्या प्लास्टिक ९. भलबारी स्वचालित कारखाना
१०. जगदम्बा सिन्थेटिक ११. एभरेस्ट रोलिङ १२. घराना फुड्स
१३. विशाल सिमेन्ट १४. एसआर फुड्स १५. सिद्धार्थ पेट प्लास्ट
१६. बुटवल सिमेन्ट १७. सोना मिनरल्स एन्ड आयल्स १८. निगाले सिमेन्ट
१९. एभरेस्ट पेपर मिल्स २०. जगदम्बा स्टिल २१.रिलायन्स स्पिनिङ मिल्स
२२. शिवम् सिमेन्ट २३. घोराही सिमेन्ट २४.अर्घाखाँची सिमेन्ट
२५. त्रिवेणी स्पिनिङ मिल्स

