२०८२ कार्तिक ४, मंगलबार ।
आज बिहान ८ बजे विपीनको निवास (भीमदत्त नगरपालिका) बाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए । विपीनको शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । सम्भवत विदेशी राजदूत नै पुगेर अन्त्येष्टि गरेको यो नै पहिलो होला ।
सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेको छ साथै इजरायल सरकारले आफ्नो नागरीक सरह सेवा सुविधा उपलब्ध गराउने कुरा अगाडी नै बताई सकेको छ भने नेपाल सरकारले के गर्दछ, बाँकी नै छ ।
![]()

