Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    कार्तिक १, २०८२, शनिबार प्रमुख १० समाचारहरु

    October 18, 20255 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कार्तिक १, २०८२, शनिबार प्रमुख १० समचारहरु

    १.सरकारको लक्ष्य निष्पक्ष निर्वाचन= प्रधानमन्त्री सुशिला कार्की
    प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको एक मात्र लक्ष्य भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनु रहेको बताउनुभएको छ । शुव्रक्रबार विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूलाई ब्रिफिङ गर्ने व्रmममा परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी समाल्नुभएका प्रधानमन्त्री कार्कीले हालैको ‘जेनजी’ आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसबाट उत्पन्न चुनौती तथा अवसरबारे जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, “यो गैरराजनीतिक सङ्व्रmमणकालीन सरकारको एउटै लक्ष्य आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्नु रहेको छ । त्यसपछि हामी प्रजातान्त्रिक प्रव्रिmयाबाट निर्वाचित सरकारलाई शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने छौँ ।” सो अवसरमा प्रधानमन्त्री कार्कीले विदेशमा बस्ने नेपालीहरूलाई मतदानमा सहभागी गराउन सकिने सम्भावनाका बारेमा पनि छलफल भइरहेको बताउनुभयो । लोकतान्त्रिक व्यवस्थालाई अझ थप बलियो बनाउन रचनात्मक तरिकाले लाग्न जेनजी समूहलाई अनुरोध गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दललाई समेत जेनजी समूहको भावनालाई बुझ्न अनुरोध गर्नुभयो । मुलुकमा जरो गाडेर फैलिएको भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताउँदै प्रधानमन्त्री कार्कीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोष दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरिएको पनि सो अवसरमा जानकारी दिनुभयो । साथै हालै भएको विध्वंसात्मक घटनाका विषयमा छानबिन गर्न आयोग गठन गरेर काम भइरहको पनि उहाँले जानकारी गराउनुभयो
    २.अपराजितहुदै नेपाली बन्यो च्याम्पियन
    आइसिसी विश्वकप टी–२० एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताको अन्तिम दिन ओमानमा शुक्रबार सामोआलाई १२४ रनले हराएर नेपाल च्याम्पियन बनेको छ । नेपालले तेस्रो पटक आईसीसी टी-२० विश्वकपमा स्थान बनाएपछि नेपाली क्रिकेटको चर्चा फेरि एकपटक चुलिएको छ । सन् २०१४ मा बंगलादेशमा भएको टी२० विश्वकपबाट डेब्यु गरेको नेपालले फेरि विश्वकप खेल्न एक दशक कुर्नुपरेको थियो । तर अहिले स्थिति फेरिएको छ ।
    ओमानमा भएको आईसीसी टी-२० विश्वकप एसिया(इएपी छनोटमा शीर्ष तीनमा रहेर नेपालले २०२६ मा छिमेकी भारत र श्रीलंकामा हुने दशौं संस्करणको टी(२० विश्वकपमा स्थान सुरक्षित गरेको हो ।


    ३.आजदेखि सुरु सुरु भयो तिहार, पहिलो दिन यम पञ्चक
    उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।
    ४.वायुसेवा निगमले तिर्‍यो २ वाइडबडी किन्दा लिएको ऋण बापतको ५३ करोड
    नेपाल वायु सेवा निगमले असोज मसान्तसम्मको ऋण बापतको ५३ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ । निगमले दुई ‘न्यारोबडी’ जहाजको किस्ता तर्फको पुरै रकम र दुई ‘वाइडबडी’ जहाजको आंशिक गरी आज कुल ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ ।


    ५. तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह
    नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो ।
    त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ ।
    ६.कांग्रेसमा मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने मत बलियो
    ७. नेपाली सेनाको विषयमा विभिन्न कुराहरु मिडियामा आए पछि दियो सेनाले स्पष्टीकरण ।
    गत २३ र २४ भदौको दुई दिने जेन–जी आन्दोलनले सिंगै देश तहसनहस बनायो। राज्यविहीनताको अवस्था कस्तो हुन्छ भने नमिठो अनुभूति दिलाएको सो आन्दोलनका क्रममा मुलुकले इतिहासमै कहिल्यै नभएको क्षति बेहोर्‍यो। आन्दोलन हिंसात्मक बन्दा विद्यालय र कलेजका पोशाकमै शान्ति पूर्ण प्रदर्शनमा उत्रिएका नवयुवकहरूसहित ७६ जनाले प्राण गुमाए। दुईतिहाइ बहुमतका प्रधानमन्त्री केपी शर्मा ओली सत्ता छाड्न बाध्य मात्र भएनन्, उनीसहित उच्च पदस्थ व्यक्तिहरूलाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउनु पर्ने अवस्था आयो। नेपाली सेनाको विषयमा विभिन्न कुराहरु मिडियामा आए पछि दियो सेनाले स्पष्टीकरण ।

    ८.एकीकृत समाजवादी स्थायी कमिटीमा मागियो माधव नेपालको राजीनामा
    ९.गगन थापाले पेस गरे १५ औं महाधिवेशन कार्यतालिका, मंसिर २७ देखि २९ गतेसम्म हुने

     

    १०. काठमाडौँका यी पाँच क्षेत्रमा दुई महिनासम्म विरोधका कार्यक्रम गर्न नपाइने
    काठमाडौँका विभिन्न पाँच क्षेत्रहरूमा दुई महिनासम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाइने भएको छ ।
    १. शितल निवास ९राष्ट्रपति कार्यालय० महाराजगंज क्षेत्रः
    उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म,
    पूर्व दक्षिणतर्फ सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म, श्र दक्षिण पश्चिमतर्क सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म ।
    २. हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रः
    केशरमहल चोकदेखि लैनचौर मोड हुदै मल्ल होटलको सिमानासम्म।
    ३. नारायणहिटी दरवार संग्रहालय क्षेत्रः
    केशरमहल चोकदेखी नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म,
    नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटदेखी महेन्द्र सालिकसम्म ।
    ४. सिंहदरबार क्षेत्रः
    भद्रकाली मन्दिर (तिनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरवार मूल गेटसम्म,
    सिंहदरवार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मा।वि।को मोडसम्म,
    पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म,
    सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म,
    पुरातत्व विभागको चोकदेखि सिंहदरवार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म,
    जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म ।
    ५. प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रः
    बालुवाटार पवित्र बर्कशप चोकदेखि नेपाल राष्ट्रबैंक हुँदै इटालिया चोक, चिनियाँ दुतावास हुदै भाटभटेनी तर्फको लक्ष्मी बैंक अगाडी ढुंगेधारा सम्म,
    इटालिया चोकदेखि पश्चिमतर्फ राष्ट्रिय सभा अध्यक्षको निवाससम्म र सो निवासदेखि गैह्रीधारा जाने सडकतर्फ १०० मिटरसम्म,
    प्रधानमन्त्री निवासको उत्तरपूर्वी मोडदेखि प्रधान न्यायाधीश निवासको मोडसम्म र सो मोडदेखि पश्चिमतर्फ १०० मिटरसम्म,
    प्रधान न्यायाधीश निवासको मोडदेखि पूर्व दक्षिणतर्फ राष्ट्रिय सभा अध्यक्षको निवासको मोडसम्म,
    राष्ट्रबैंक चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म ।

     

    1

    2

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना