Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    आज मिति २०८२-०६-२९ गते बुधबारका मुख्य मुख्य समाचारहरु

    October 15, 20254 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आज मिति २०८२-०६-२९ गते बुधबारका मुख्य मुख्य समाचारहरु
    १. भदौ २४ बारे देउवाः सबै सुनियोजित हो, ज्यानै लिने मनसायले हामीमाथि सांघातिक आक्रमण गरियो, सभापतिको पद हस्तान्त्रण, कावा सभापती पूर्णबहादुर खड्का
    एक महिनाभन्दा बढी ‘भूमिगत’ बसेका सभापति देउवा पार्टी कार्यालयमा आउँदा पुरानै शैलीमा देखिए । जेनजी समूहको आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका सभापति शेरबहादुर देउवा आउने भएपछि मंगलबार बिहानदेखि सानेपास्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय आसपास सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो । बाक्लो संख्यामा तैनाथ सुरक्षाकर्मीहरू चक्रपथसँग जोडिएको कांग्रेसको पार्टी कार्यालयतर्फ जाने भित्री बाटोको मुखमै सवारीसाधन मात्रै नभएर सर्वसाधारणको आवतजावतमा पनि कडाइ गरिरहेका थिए । पूर्णपाठ
    २. १५ वैशाख २०८१ मा इलाम–२ को उपचुनावमा डोजर चुनाव चिन्ह लिएर उठेका उमेदवारले जेनजीको नाममा डोजर लगाउन खोज्ने शाहीलाई लाग्यो लगाम ।
    अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय अर्जुनबहादुर शाही र धामीको ग्रुपले जेनजीको नाममा विभिन्न सरकारी कार्यालय अनुगमन गर्ने र ज्ञापनपत्र बुझाउने गर्दै आइरहेका थिए । यसरी ज्ञापनपत्र र अनुगमनको नाममा सरकारी कार्यालयमा केही युट्युबरहरू बोकेर जानेमध्येका एक व्यक्ति हुन् अर्जुनबहादुर शाही । उनै व्यक्ति ठगी र चेक बाउन्सका अभियुक्त भएको खुलेको छ ।
    वैदेशिक ठगीदेखि चेक बाउन्ससम्मका अभियुक्त
    अनुगमन र ज्ञापनपत्रको नाममा सरकारी कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने तिनै शाही वैदेशिक ठगी र चेक बाउन्सका अभियुक्त रहेको पाइएको छ । उनीविरुद्ध श्रीकृष्ण फुयालले प्रहरी वृत्त महाराजगञ्जमा चेक बाउन्सको कसुरमा उजुरी दिएका थिए । फुयालका अनुसार शाहीले आफ्नो कार्यालयबाट कम्युटर, क्यामेराहरू शाहीले लगेका थिए । त्यसवापत फुयाललाई चेक दिएका थिए । रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउस चलाएका शाहीका पार्टनर होमराज खोपाङ्गी मगर थिए । उनीहरूले तीनवटा चेकमार्फत ३ लाख ८० हजार उल्लेख गरेर फुयाललाई दिएका थिए । तर खातामा रकम नभएपछि उक्त चेक साटिएन ।
    चेक बाउन्स भएपछि रेड स्टारको खातासमेत कालोसूचीमा रोखिएको थियो । त्यसपछि भने फुयालले प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए । वृत्त स्रोतले पनि शाहीविरुद्ध चेक बाउन्सको जाहेरी आएको पुष्टि गर्‍यो । ‘जाहेरी आएको हो । यो विषयमा अनुसन्धान जारी छ,’ प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो । चेक बाउन्स मुद्दामा पक्राउ गरेर वृत्त महाराजगञ्जले अनुसन्धान अघि बढाउन खोज्दा शाही अर्को एउटा मुद्दामा समेत पक्राउ परेको खुल्यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले शाहीलाई वैदेशिक रोजगारी सम्बन्धीको कसुरमा २८ वैशाख २०८२ मा पक्राउ गरेको थियो ।
    ३.महानगर र उपमहानगरभित्र घरजग्गाको ३ करोड भन्दा माथीको कारोबार गर्दा कम्पनी मार्फत गर्नुपर्ने ।
    राजपत्र अनुसार घरजग्गा कारोबार सीमा एक पटकमा ३ करोडभन्दा धेरैको कारोबार गर्न कम्पनी दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले ३ करोड रुपैयाँसम्मको घरजग्गा कारोबारका लागि कम्पनी दर्ता गर्नु नपर्ने व्यवस्था गरेको छ ।
    सरकारले मालपोत ऐन कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो । सरकारले मालपोत ऐनमा जग्गा कारोबार गर्दा कम्पनी दर्ता गरेर गर्नुपर्ने व्यवस्था गरेको छ । सोही ऐनले जग्गा खरिद बिक्री हुँदाको सीमासमेत तोकिने उल्लेख छ । मालपोत ऐनको दफा २६ ‘क’ र २६ ‘ख’ को व्यवस्था थप स्पष्ट पार्दै घरजग्गा कारोबार सहज बनाएको हो ।

    ४.मधेशका मुख्यमन्त्री सिंहले दिएको राजीनामा स्वीकृत
    मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिएको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गर्नुभएको छ। प्रदेश प्रमुखले संविधानको धारा १६९ को उपधारा (३) बमोजिम नयाँ सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्यभार सञ्चालन गर्ने निर्णय गर्नुभएको छ। नयाँ सरकार गठनका लागि आज बुधबार ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर दाबी पेश गर्न आह्वान गरिएको छ।
    ५.विपिन जोशीको निधनप्रति राष्ट्रपति तथा अन्य निकायद्वारा दुःख व्‍यक्त
    परराष्ट्रले भन्यो विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भयो
    परराष्ट्र मन्त्रालयले इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको जनाएको छ । इजरायल स्थित नेपाली राजदूतावासमार्फत् आवश्यक प्रक्रिया पूरा गरेर मृतक विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको मन्त्रालयले जानकारी दिएको छ । इजरायलमा डीएनए परीक्षणपछि विपिनको मृत्यु अपहरणको एक महिना अर्थात् सन् २०२३ को अन्त्यतिरै भएको हुनसक्ने प्रारम्भिक रिपोर्ट आएको छ ।
    ६. कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा २४८७ ले गरे हस्ताक्षर, कावा सभापति खड्कालाई बुझाइने
    नेपाली कांग्रेसमा कांग्रेसमा विशेष महाधिवेशन माग्दै संकलन भएको हस्ताक्षर भोलि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी भएको छ। आज बुझाउने तयारी भएपनि अब भोलि मात्रै केन्द्रीय कार्यालयमै कावा सभापतिलाई बुझाइन लागिएको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र नेता डा। शेखर कोइराला निकट नेताहरूले हस्ताक्षर संकलन गरेका थिए। विशेष महाधिवेशनको पक्षमा ५४।५८ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेका छन्। कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन डाक्न ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर चाहिन्छ।
    ७.जिल्ला प्रशासन कार्यालय काठमाडौं आजदेखि राहदानी सेवा सुरु गर्ने,
    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आगजनीका कारण रोकिएको राहदानी सम्बन्धी सेवा आजदेखि दुई सिफ्टमा सञ्चालन हुनेछ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा राहदानी सेवा सञ्चालन हुने उनले जानकारी दिए । अनलाइन आवेदन फारम भने साँझ ५ बजेसम्म खुल्ने छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना