हमासले विपिन जोशीको मृत्यु भइसकेको जानकारी गदै मृतक चार बन्धकको नाम सार्वजनिक
सोमबारै मृतकहरूको शव फिर्ता गर्ने तयारी
२०८४ असोज २७, सोमबार ।
इजरायली राष्ट्रिय दैनिक पत्रिका द जेरूसेलम पोस्टले त्यहाँको ४ः३१ बजे प्रकासित गरी ५ः५७ मा अपडेट गरेको समाचार अनुसार इजराइली सेनाका प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार अपराह्न हमासले फिर्ता गर्न लागेको चार जना मृतक बन्धकबारे पुष्टि गरेका छन्। अनुसार हमासले ती मृतक बन्धकको नाम सार्वजनिक गरेको छ, जसमा विपिन जोशी पनि छन्। त्यसबाहेक गाइ इलाउज, योसी शाराबी र ड्यानियल पेरेज रहेको हमासले जनाएको छ। डेफ्रिनका अनुसार हमासले सोमबार साँझ ती मृत बन्धकको शव फिर्ता गर्ने तयारी गरेको ुद जेरूसेलम पोस्टु ले लेखेको छ।


