२०८२ भाद्र २४, मंगलबार ।
जेनजीको आन्दोलन रक्तपातपूर्ण बने पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिएका छन् । उनले फेसबुक स्टेटसमार्फत राजीनामा दिएको जानकारी गराएका हुन्। पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराए। ‘हिजो भाद्र २३ गते काठमाडौंलगायत देशैभरिका सडकमा हामीले जे देख्यौँ त्यो लोकतन्त्रमा उपयुक्त थिएन। सडक र सामाजिक सञ्जालमा उर्लिएको जेनजी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी हो। उनीहरुले केवल प्रश्न सोधेका थिए’, उनले भने, ‘हाम्रा छोराछोरीले आफ्नो भविष्य मागेका थिए, भिडन्त होइन। उनीहरुले राज्य व्यवस्थामा सुधार खोजेका हुन्, अराजकता होइन।’ ‘अहिंसा लोकतन्त्रको प्राण हो’ भन्ने सिद्धान्तमा अडिग रहेर राजनीतिमा होमिएको आफू हिजो आफ्नै निहत्था छोराछोरी पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको पौडेलले बताए। ‘जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ, त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मुकदर्शक बन्न मेरो आत्माले मानेन’, उनले भने।
स्वास्थ्यमन्त्री प्रदिप पौडेलले पनि दिए राजीनामा ।
1 Min Read

