२०८२ भाद्र २४, मंगलबार ।
जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमाललाई पक्राउ गरेको छ । सोमबार दिउँसो बानेश्वरको आन्दोलन सहभागी भएर साँझ बूढानीलकण्ठ पुगेका बेला प्रहरीले हमाललाई पक्राउ गरेको परिवारका सदस्यले जानकारी दिनुभयो ।
हमाल राजावादीहरुको आन्दोलनमा समेत सहभागी हुँदै आएका राप्रपाका युवा नेता हुन । जेन–जी पुस्ताको आन्दोलनमा सहभागी हुने क्रममा उहाँले प्रधानमन्त्री ओलीलाई सरेन्डर ९आत्मसमर्पण० गर्न आग्रह गरेको भिडियो टिकटकमा सार्वजनिक भएको थियो । साथै उहाँले आन्दोलनमा भएको क्षतिको म जिम्मा लिन्छु, राजनीतिशास्त्र पढेको व्यक्ति भएकाले देशको कार्यकारी प्रमुख बन्ने आफूसँग क्षमता भएको भिडियो पनि बाहिर आएको थियो ।


