२०८२ भाद्र २२, आइतबार ।
८ सेप्टेम्बरमा ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ले जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा गरेको छ । केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो । भोली विद्यार्थीहरुले गर्न लागेको ‘जेनी जी’ को आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईँ पनि मिसिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् । सामाजिक सञ्जाल बन्दको विरुद्धमा हुन लागेको स्वतःस्फूर्त आन्दोलनमा राजावादी अभियन्ता प्रसाईँ सहभागी हुने भएका हुन् । ३ वर्षअघि आफूले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्याएको भन्दै उनले धन्यवाद दिएका छन् ।

