२०८२ भाद्र २०, शुक्रबार ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत नभएका सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्म क्रमशः निष्क्रिय बनाइने भएको छ । सञ्चार मन्त्रालयमा बिहीबार बसेकोमन्त्रीस्तरीय बैठकले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकरणका लागि बारम्बार सूचित गरेको थियो तर सम्बन्धित कम्पनीले अटेर गरेपछि मन्त्रीपरिषद्ले यस्तो निर्देशन दिएको हो । सर्वोच्च अदालतको आदेश र मन्त्रीपरिषद्को भदौ ९ गतेको निर्णय कार्यान्वयन गर्न परमादेश जारी भएपछि मन्त्रालयले यस्तो प्रव्रिmया थालेको हो । सरकारले पटक पटक सूचना जारी गरी जानकारी गराउँदा पनि प्लेटफर्मले अटेर गरेकाले बाध्य भएर निष्व्रिmय बनाउने अवस्था आएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो । “हाम्रो उद्देश्य सामाजिक सञ्जाललाई सधैँ बन्द गर्ने होइन । उनीहरू सम्पर्कमा आउनासाथ पुनः नियमित हुने छ,” उहाँले भन्नुभयो, “सूचीकृत भइसकेका र प्रव्रिmयामा रहेका बन्द हुँदैनन्, निर्वाध रूपमा चल्छन् ।” सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार
ठकुरले हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ गरी पाँच वटा सामाजिक सञ्जाल सूचीकृत भएको जानकारी दिनुभयो । ती सामाजिक सञ्जालमध्ये टिकटक २०८१ साल असोज १६ गते, विटक २०८१ साल कात्तिक ८ गते, भाइबर २०८१ फागुन २४ गते, निम्बज २०८२ वैशाख २१ गते र पोपो लाइभ भर्खरै मात्रै दर्ता भएका हुन् । टेलिग्राम, ग्लोबल डाइरी र हाम्रो पात्रो सूचीकृत हुने प्रव्रिmयामा रहेको उहाँले बताउनुभयो । “मन्त्रालयले गरेको एक अध्ययन अनुसार नेपालमा हाल २५ वटा सामाजिक सञ्जाल प्लेटफर्म बढी सक्रिय रूपमा प्रयोग भएका छन् । कति वटा बन्द हुन्छ यकिन छैन,” उहाँले भन्नुभयो । सामाजिक सञ्जालले जातीय, धार्मिक, सांस्कृतिक सद्भाव बिगारेका कारण निष्क्रिय बनाउन नखोजिएको प्रवक्ता ठाकुरले जिकिर गर्नुभयो । नेपाल सरकारको ऐन कानुनलाई परिपालन गरेर सूचीकरण हुन नआएपछि निष्क्रिय बनाउने अवस्थामा पुगेको उहाँको भनाइ छ । “कुनै पत्रिका वा अनलाइन दर्ता नगरी चलाउन सकिँदैन । कुनै पनि संस्था दर्ता नगरी सञ्चालन गर्न सकिँदैन । सामाजिक सञ्जाल सञ्चालकले विश्वभर दर्ता गरेर व्यापार गरिरहनुभएको छ भने नेपालमा पनि दर्ता हुनु पर्यो,” उहाँले भन्नुभयो, “नेपालमा चलाउँदा दर्ता गरेर चलाउनु पर्छ भन्ने मात्रै हो । हामीले सामाजिक सञ्जाल सञ्चालकलाई मन्त्रालय अन्तर्गत सूचीकृत हुन अनुरोध मात्रै गरेको हो । कुनै सम्पर्कविन्दुका रूपमा तोक्नुस् भनेका हौँ । नेपालमा कुनै कार्यालय वा अन्य कुनै प्रावधान राख्नु भनिएको छैन ।” सबै सामाजिक सञ्जाल कानुनबमोजिम सूचीकृत भए निर्वाध रूपमा सञ्चालन हुने उहाँले बताउनुभयो । यसैबिच सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय कार्यान्वयन गरिने भएसँगै फेसबुकको मातृसंस्था मेटाले सरकारको निर्णय कार्यान्वयन गर्नका लागि पत्राचार गरेको भन्ने विषय निराधार रहेको मन्त्रालयले जनाएको छ । सञ्चारमन्त्री गुरुङले बिहीबार साँझसम्म मेटा आधिकारि
यी हुन सूचीकृत भएका सञ्जाल
१. टिकटक, २.भाइबर, ३. निम्बज, ४. वीटक र ५. पोपोलाइभ
दर्ताको प्रक्रियामा रहेका सञ्जाल
१.टेलिग्राम र २. ग्लोबल लिंक
यी हुन सूचीकृत नभएका सञ्जाल
– फेसबुक – म्यासेन्जर – इन्स्टाग्राम – युट्युब –रम्बल –मि वी
– ह्वाट्सएप – ट्वीटर (एक्स) – इमो –लिंक्ड इन –स्न्याप च्याट –रेडिट
–डिस्कर्ड –पिन्ट्रेस्ट –सिग्नल –थ्रेड –वी च्याट –कोरा –सम्ब्लर –क्लब हाउस –मास्टो डन –मि भिके –लाइन –इमो –जालो –सोल –हाम्रो पात्रो स्रोत गोरखापत्र दैनिक
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई नेपालमा दर्ता नभएका सोसल मिडिया बन्द गर्न पत्रचार ।
3 Mins Read


