Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    नागरिकतामा आमालाई समान वंशीय हक ।

    September 4, 20253 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मिति २०८२ भाद्र १९, बिहिबार ।

    आमा र बुवाको समान वंशीय हक स्थापित गर्ने गरी सङ्घीय संसद्ले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । सङ्घीय संसद्का दुवै सदनबाट पारित विधेयक अब प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ । पारित विधेयकले नागरिकतामा आमा–बुवा दुवैको समान हक स्थापित गरेको छ । आमा वा बुवा एकको मात्र नाम उल्लेख गरेर पनि अब नागरिकता लिन पाउने कानुनी व्यवस्था सुनिश्चित भएको छ । संविधान जारी भएको दस वर्षपछि सङ्घीय संसद्ले नागरिकता जारीका व्यावहारिक र कानुनी अभाव परिपूर्तिका लागि ऐन संशोधन गरेको हो । व्यावहारिक रूपमा देखिएका समस्यालाई सम्बोधन गर्न सरकारले २०८१ माघ १५ गते प्रतिनिधि सभामा विधेयक दर्ता गरेको थियो । दुवै सदनको विधायिकी प्रक्रियाले बुधबार पूर्णता पाएको हो । नेपालको संविधानको धारा १२ ले वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता दिने व्यवस्था गरेको छ तर कानुन अभाव भन्दै नागरिकता जारी गर्ने अधिकारीहरूले आमा वा बुवामध्ये एकको नामबाट मात्र नागरिकता जारी गर्न अस्वीकार गर्दै आएका थिए । संशोधित कानुनी व्यवस्थाले अब एकको मात्र पहिचानमा आधारित भएर नागरिकता जारीको बाटो स्थानीय अधिकारीहरूलाई खोलिदिएको छ । संशोधित व्यवस्था अनुसार बुवाको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था गरिएको छ । यस्तै नेपालको अन्तरिम संविधानबमोजिम बुवा वा आमामध्ये एक जनाले जन्मका आधारमा नागरिकता लिएको र अर्कोले नागरिकता लिनुअघि नै मृत्यु वा सम्पर्कविहीन भएका व्यक्तिका सन्तानले अङ्गीकृत नागरिकता पाउने छन् । संशोधित व्यवस्था अनुसार नेपालका नागरिक आमाबाट विदेशीसँग विवाह गरेको र विदेशी नागरिकता नलिएको अवस्थामा आमाको नामबाट अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था भएको छ । वैदेशिक रोजगारी वा अन्य क्रममा विदेशमा गएको अवस्थामा विदेशमै सन्तान जन्माएको अवस्थामा बुवा पहिचान नभए पनि आमाको नामबाट नेपाली नागरिकता दिइने छ ।

    बुवाले नागरिकता दिन सहयोग नगरेको, सम्पर्कविहीन भएको व्यक्तिले पनि आमाको नामबाट नागरिकता पाउने छन् । पारित विधेयकले नागरिकता जारीका प्रव्रिmयागत सहजीकरण पनि गरेको छ । नागरिकतासम्बन्धी निर्णयमा चित्त नबुझेमा पीडित पक्षले गृह सचिवसमक्ष ३५ दिनभित्र निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । प्राप्त निवेदनमा ३० दिनभित्र आवश्यक कागजात झिकाउने र त्यसको ३० दिनभित्र निर्णय गर्नुपर्ने समयसीमा तोकिएको छ । नागरिकता जारी गर्ने अधिकारीबाट भएको निर्णयको पुनरावेदन सुन्ने अधिकारी सचिवलाई तोकिएको हो । नागरिकता वितरणको व्यावहारिक समस्या सुल्झाउन विभिन्न मुद्दामा सर्वोच्च र उच्च अदालतले गरेको आदेश कार्यान्वयनका लागि सरकारले विधेयक अघि बढाएको थियो । नागरिकता लिँदाको स्वघोषणा गलत ठहर भएमा भने कसुर र सजायको व्यवस्था संशोधित व्यवस्थामा पनि गरिएको छ । यस्तै पारित विधेयकले नाबालक परिचयपत्र जारी गर्ने व्यवस्था गरेको छ । विधेयक पारितको प्रस्ताव गर्दै गृहमन्त्री रमेश लेखकले कानुन संशोधन ऐतिहासिक भएको बताउनुभयो । मन्त्री लेखकले नागरिकतामा अब आमा र बुवा दुवैको समान वंशीय हक कायम भएको बताउनुभयो । नागरिकता जारीका व्यावहारिक समस्या पनि संशोधित व्यवस्थाले सम्बोधन गरेको मन्त्री लेखकको भनाइ छ ।  स्रोत गोरखापत्र राष्ट्रिय दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना