२०८२ भाद्र १२, बिहिबार ।
एक साता अघि गरिएको दर्जन जिल्लाका प्रजिअ सरुवामध्ये इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख रहेका नवराज पौडेललाई मनाङको जिल्ला प्रमुख अधिकारीको जिम्मेवारी दिइएको छ। मनाङ जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले पद बहाली गरेका गर्दै शान्ति सुरक्षा पहिलो प्राथमिकतामा राख्दै सेवाग्राहीको गुनासा सम्बोधनलाई विशेष महत्त्व दिने बताए।
सेवाग्राहीलाई यो भएन, त्यो भएन भनेर नफर्काई, कसरी सेवा दिएर पठाउने भन्नेमा प्रशासन सजग रहने बताउनु भयो यसको लागि सूचना प्रविधि (आइसिटी) आधारित सेवा प्रवाहलाई अघि बढाउने बताउँदै प्रजिअ पौडेलले दुर्गम क्षेत्रमा घर-घरमै सेवा पुर्याउने योजना प्रस्तुत गरे। सरकारप्रतिको विश्वास बढाउनुपर्ने बताउँदै उनले विपद् व्यवस्थापनसँगै “सूचना नै शक्ति हो” भन्ने धारणा बलियो बनाउन प्रत्यक्ष सूचना उपलब्ध गराउनेमा जोड दिए।
बहाना होइन, कामबाटै जनविश्वास जित्ने मनाङका नवनियुक्त प्रजिअ नवराज पौडेलको प्रतिज्ञा ।
1 Min Read


