२०८२ भदौ ११, बुधबार।
सोमबारको मन्त्रिपरिषद्को बैठकले ७ दिनको समयसिमा तोकेर सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यस्तो जानकारी गराएका हुन्।
बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने निर्णय भएको जानकारी दिए ।
७ दिनको समयसिमा तोकेर सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने निर्णय ।
1 Min Read


